पाेखरा ।
नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ ।
पोखरास्थित कभर्ड हलमा भएको खेलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३/२ को सेटमा पराजित गर्यो ।
पहिलो सेट २०/२५ ले गुमाएको आर्मीले दोस्रो सेट २५(२३ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट पुनः २५/२७ ले गुमाएको आर्मीले चौथो सेटमा २५/२२ ले जित निकाल्दा खेल पाचौं सेटमा धकेलिएको थियो । पाचौं सेटमा आर्मीले १५(१० जित निकाल्न सफल रह्यो ।
यसअघि आज भएको महिलातर्फ पहिलो खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३/० को सोझो सेटमा पराजित गरेको थियो । एपीएफले २५/७, २५/२३ र २५/२० ले खेल आफ्नो पक्षमा पार्यो। एपिएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई गराएको थियो।
आर्मीको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा एभरेष्ट भलिबल क्लबसँग पराजित भएको थियो।आज महिलातर्फको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा हरायो। पुलिसको त्यो दोस्रो जित हो। कर्णालीलाई २५/५, २५/९ र २५/११ ले हरायो ।
महिलातर्फ नै टिपटप न्यू डायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३/१ को सेटमा पराजित गर्यो । पहिलो सेट २१/२५ ले गुमाएको न्यू डायमन्डले दोस्रो सेट २५/२३, तेस्रो सेट २५/१४ र चौथो सेट २५/२२ ले आफ्नो पक्षमा पार्यो ।
प्रकाशित मिति २०८२ जेठ ११ गते शनिबार ०५:३७




