प्रतियोगितामा सात प्रदेशबाट ६८६ खेलाडी र १७ अफिसियल सहभागी हुने
काठमाडौं ।
१५औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका काठमाण्डौमा हुने भएको छ ।
यही जेठ २८ देखि ३० गतेसम्म हुने प्रतियोगिताको तयारी शुरु भएको राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिले जनाएको छ ।
खेल प्रतिभाको खोजीको मुख्य आधार रहेको राष्ट्रपति रनिङसिल्डलाई भव्य रूपमा आयोजना गर्न परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले व्यवस्थापन समितिलाई निर्देशन दिएका छन् ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुका खेल हुनेछन् ।
पालिका, जिल्ला हुँदै प्रदेशको टिमबाट खेलाडीहरु केन्द्र तहको राष्ट्रपति रनिङशिल्डमा सहभागीता रहने छ ।
व्यवस्थापन समितिका सचिव मीनकुमार शर्माका अनुसार हरेक प्रदेशबाट ४९ छात्रा÷४९ छात्र गरी सात प्रदेशबाट ६ सय ८६ जना खेलाडी र १७ जना अफिसियल सहभागी हुने छन् ।
एथलेटिक्स र उसु दशरथ रंगशाला, कराते र तेक्वान्दो सातदोवाटो र कबड्डी लैनचौरमा रहेको राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुने छन् ।
प्रकाशित मिति २०८२ जेठ १३ गते सोमबार ०९:४७




