२०८३ असोज २३ गते शुक्रबार

‘द हन्ड्रेड’ क्रिकेट खेल्न सन्दीप लामिछाने इंग्ल्यान्ड जाँदै

‘द हन्ड्रेड’ क्रिकेट खेल्न सन्दीप लामिछाने इंग्ल्यान्ड जाँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार २४ गते बिहीबार ०३:४६

पोखरा । ‘‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लागेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिएका छन् । सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको...

पोखरा । ‘‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लागेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिएका छन् ।

सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउनेछन्।

द हन्ड्रेड क्रिकेटमा उनी ओभल इन्भिन्सिबलमा आबद्ध छन् । द हन्ड्रेड प्रतियोगिता आगामी साउन ७ गतेदेखि सुरु हुँदैछ । लामिछाने सम्मिलित टिम ओभलले उद्घाटन खेल म्यानचेस्टरसँग खेल्नेछ । सो प्रतियोगिता इंग्ल्यान्ड र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको हो ।

गत वर्ष हुने भनिएको सो प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगन भएको थियो । द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लामिछाने एक लाख पाउण्डमा अनुबन्धित भएका हुन्। द हन्ड्रेड प्रतियोगितापछि उनले क्यारेबीयन प्रिमियर लिग (सिपिएल) खेल्ने तय छ ।

टी–२० क्रिकेटको लोकप्रियतासँगै इसिबीले नयाँ फर्म्याटको क्रिकेट प्रतियोगिता गर्न लागेको हो। सन् २०१८ मा इसिबीले १०० बलको क्रिकेट प्रतियोगिता गर्ने घोषणा गरेको थियो। पहिलो १५ ओभर ६–६ बलको हुने र अन्तिम ओभर १० ओभरको हुने भनिएको थियो। तर यो प्रस्ताव नियम परिवर्तन गरिएको छ।

अब हुने ‘द हन्ड्रेड’ मा दुवै टिमले १००–१०० बल खेल्नेछन्। १०–१० बलमा इन्ड चेन्ज गरिनेछ (एउटा इन्डबाट १० बल गरिनेछ)। एक बलरले ५ वा १० बल निरन्तर गर्न पाउनेछ। एक बलरले एक खेलमा बढीमा २० बल गर्न पाउनेछ। खेलमा पहिलो २५ बलको पावरप्ले हुनेछ। पावरप्लेमा ३० यार्डको सर्कलबाहिर २ फिल्डर मात्र राख्न पाइनेछ।

प्रकाशित मिति २०७८ असार २४ गते बिहीबार ०३:४६
हजुरको प्रतिक्रिया