२०८३ असोज २५ गते आइतबार

प्रधानमन्त्री ओलीद्वारा यस वर्षको मनसुनी अवस्थाबारे जानकारी

प्रधानमन्त्री ओलीद्वारा यस वर्षको मनसुनी अवस्थाबारे जानकारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १५ गते बुधबार ०९:३६

विभागका महानिर्देशक कमलराम जोशीले यस वर्षको मनसुन अवधि यही जेठ १८ गतेदेखि आगामी असोज १४ सम्म हुने बताएका छन् ।

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको मनसुनी अवस्थाबारे जानकारी लिएका छन् ।

मंगलबार बबरमहलस्थित जल तथा मौसम विज्ञान विभागको कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीले यस वर्षको मनसुनी अवस्थाबारे विज्ञहरुसँग जानकारी लिएका हुन् ।

विभागका महानिर्देशक कमलराम जोशीले यस वर्षको मनसुन अवधि यही जेठ १८ गतेदेखि आगामी असोज १४ सम्म हुने बताएका छन् ।

उनले यस वर्ष एक हजार ५०० मिलिमिटरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको उल्लेख गरे ।

यस मनसुनमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान छ ।

उनले कृषकका लागि साप्ताहिक रूपमा कृषि मौसम पूर्वानुमान प्रणालीबारे जानकारी दिँदै आइएको पनि जानकारी दिए ।

प्रधानमन्त्री ओलीसँगै उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पनि विभागमा गएर मौसम पूर्वानुमानबारे जानकारी लिएका थिए ।

प्रकाशित मिति २०८२ जेठ १५ गते बुधबार ०९:३६
हजुरको प्रतिक्रिया