पोखरा ।
नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्तेफ तेस्रो स्थान प्राप्त गरेको छ।
त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै पुलिस तेस्रो भएको हो। पोखराको कभर्ड हलमा भएको तेस्रो स्थानको प्रतिस्पर्धाको पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो।
जहाँ २७–२५ ले पहिलो सेट पुलिसले जित्यो। दोस्रो सेट सहजै २५–२० ले जित्दा पुलिसले २–० को स्पष्ट अगता बनायो।
२(० ले पछि परेको आर्मीले पुलिसलाई तेस्रो सेटमा कडा चुनौती दियो। यो सेट पुलिसले २३(२५ ले गुमायो। आर्मीले खेलमा फर्कने संकेत देखायो। तर यो लयलाई निरन्तरता दिन भने सकेन्।
चौथो सेट एकपक्षीय शैलीमा पुलिसले २५–१४ ले आनो पक्षमा पार्यो। यो सँगै ३–१ को जितमा पुलिस तेस्रो भयो। आर्मीले चौथो स्थानमा रहेर लिग पूरा गर्यो।
लिग चरणमा पुलिस र आर्मी दुवैले पाँच खेल जितेर १४ अंक सहित तेस्रो स्थानको प्रतिस्पर्धाका लागि छनोट भएका थिए।
महिलातर्फ एभरेष्ट भलिबल क्लब तेस्रो भएको छ। नेपाल एपिएफ क्लबलाई ३–१ सेटले हराउँदै एभरेष्टले तेस्रो स्थानमा हासिल गरेको हो।
थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले २५–१८,१०–२५,२५–१३,२९–२७ ले खेल जितेको हो।
प्रकाशित मिति २०८२ जेठ १६ गते बिहीबार ०१:४६




