२०८३ असोज २४ गते शनिबार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड बजेट विनियोजन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड बजेट विनियोजन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १७ गते शुक्रबार ०९:२०

महिलामाथि हुने सबै विभेद र उत्पीडनको अन्त्य गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा समानताको हक सुनिश्चित गर्न प्रभावकारी कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्षको लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि विनियोजित बजेट प्रश्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

महिलामाथि हुने सबै विभेद र उत्पीडनको अन्त्य गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा समानताको हक सुनिश्चित गर्न प्रभावकारी कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

उनले बेवारिसे तथा अभिभावकविहीन बालबालिकाको संरक्षण, पारिवारिक पुनर्मिलन, सामाजिक पुनस्र्थापना र वैकल्पिक हेरचाहको व्यवस्था मिलाइने पनि सो अवसरमा उल्लेख गरे ।

बाल सुधार गृहको क्षमता विस्तार गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए । अर्थमन्त्री पौडेलले कुलतमा लागेका बालबालिकालाई असल मार्गमा ल्याउन मनोसामाजिक र वृद्धि परामर्श उपलब्ध गराइने बताए ।

उनले बाल हेल्प लाइन सेवालाई नागरिक एप्ससँग आबद्ध गरिने बताउँदै ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्दै लगिने जिकिर गरे ।

प्रकाशित मिति २०८२ जेठ १७ गते शुक्रबार ०९:२०
हजुरको प्रतिक्रिया