२०८३ असोज २६ गते सोमबार

भिजिट भिसा प्रकरणबारे संसदमै सबै प्रश्नको जवाफ दिन्छुः गृहमन्त्री लेखक

भिजिट भिसा प्रकरणबारे संसदमै सबै प्रश्नको जवाफ दिन्छुः गृहमन्त्री लेखक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २२ गते बुधबार १०:२३

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानविन गरिहरेको छ । यसबारेमा गृहमन्त्री रमेश लेखक पनि संलग्न रहेको अरोप लगाउँदै विपक्षी दलहरुले संसद अवरुद्ध पार्दै आएका छन् ।


काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन् ।

बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए ।

जसमा समितिमा जवाफ दिँदा सबै सांसदहरुले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरुसँग आग्रह गरे ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानविन गरिहरेको छ ।

यसबारेमा गृहमन्त्री रमेश लेखक पनि संलग्न रहेको अरोप लगाउँदै विपक्षी दलहरुले संसद अवरुद्ध पार्दै आएका छन् ।

मन्त्री लेखकले भने ‘अहिले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही साथीहरु, कर्मचारीहरु र केहीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानविन र तत्सम्बन्धमा भइरहेको विषयमा जिज्ञासा राख्नुभयो । यो जिज्ञासा यो समितिका मात्रै साथीहरुलाई मात्रै भएको भए यि जवाफ दिएर जान्थेँ । यो अरु साथीहरुलाई पनि यो जिज्ञासा भएकाले मेरो प्रार्थना के छ भने हाउसमा बोल्न पाउँ, यो उठेका सबै प्रश्नको जवाफ दिन्छु ।’

गृहमन्त्री लेखकले संसदमा जवाफ दिँदा सबै सदस्यहरुको प्रश्नको जवाफ आउने र संसदमा सबै प्रश्नको जवाफ दिने बताए ।

प्रकाशित मिति २०८२ जेठ २२ गते बुधबार १०:२३
हजुरको प्रतिक्रिया