२०८३ साउन २१ गते बिहीबार

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा हङकङसँग गोलरहित बराबरी खेल्यो

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा हङकङसँग गोलरहित बराबरी खेल्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २४ गते शुक्रबार ०९:२३

नेपालले ३७ वर्षपछि हङकङसँग फुटबल खेलेको हो । एएफसी एसियन कप छनोटको तयारस्वरुप यो मैत्रीपूर्ण खेल खेलिएको हो ।  नेपालले पनि खेलमा केही राम्रा अवसर बनाएपनि फिनिसिङ गर्न सकेन ।

नेपालले अब यही जुन १० मा लाओससँग उसैको मैदानमा खेल्दै

पोखरा ।

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा घरेलु टोली हङकङसँग गोलरहित बराबरी खेलेको छ ।

उत्कृष्ट प्रदर्शन गर्दै नेपालले हङकङ नेसनल स्टेडियममा बिहीबार भएको खेलमा हङकङलाई गोलरहित बराबरीमा रोकेको हो ।

घरेलु मैदानमा हङकङले नेपालमाथि लगातार आक्रमण गरेपनि नेपाली कप्तान गोलकिपर किरण चेम्जोङले केही राम्रा बचाउ गर्दा गोल गर्न सकेन ।

पहिलो हाफमा हङकङको दुई प्रहार नेपालका किपर किरणले बचाएका थिए । दोस्रो हाफमा पनि हङकङले नेपालमाथि लगातार दबाब बनाएपनि नेपालले गोल गर्न दिएन ।

दोस्रो हाफमा पनि नेपाली गोलकिपर किरणले केही राम्रा बचाउ गर्दा हङकङ गोल गर्नबाट बन्चित रह्यो ।

नेपालका मणि लामा इन्जुरी टाइममा रातो कार्डको सामना गर्दै मैदान बाहिरिएका थिए । नेपालले ३७ वर्षपछि हङकङसँग फुटबल खेलेको हो ।

एएफसी एसियन कप छनोटको तयारस्वरुप यो मैत्रीपूर्ण खेल खेलिएको हो ।  नेपालले पनि खेलमा केही राम्रा अवसर बनाएपनि फिनिसिङ गर्न सकेन ।

एसियन कप छनोटमा समूह एफमा रहेको नेपालले अब यही जुन १० मा लाओससँग उसैको मैदानमा खेल्नेछ ।

नेपाली टोली उतैबाट लाओस जानेछ ।

छनोटको समूह सी मा रहेको हङकङले जुन १० मै घरेलु मैदानमा भारतसँग खेल्नेछ ।

फिफा वरीयतामा नेपाल १७५ औं स्थानमा रहँदा हङकङ नेपालभन्दा २२ स्थान माथि १५३ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति २०८२ जेठ २४ गते शुक्रबार ०९:२३
हजुरको प्रतिक्रिया