२०८३ साउन २१ गते बिहीबार

काेपा अमेरिकाकाे उपाधी अर्जेन्टिनाले जित्याे, ब्राजिल १-० गाेलअन्तरले पराजित

काेपा अमेरिकाकाे उपाधी अर्जेन्टिनाले जित्याे, ब्राजिल १-० गाेलअन्तरले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार २७ गते आइतबार ०७:४९

पाेखरा । ब्राजिलमा जारी ४७औं संस्करणको काेपा अमेरिकाकाकाे उपाधी अर्जेन्टिनाले जितेकाे छ । आइतबार बिहान सम्पन्न फाइनलमा चिर परिचित प्रतिद्वन्द्वी ब्राजिललाइ १-० गाेल अन्तरले पराजित गर्दै काेपाकाे ४७औं संस्करण अर्जेन्टिनालेले...

पाेखरा । ब्राजिलमा जारी ४७औं संस्करणको काेपा अमेरिकाकाकाे उपाधी अर्जेन्टिनाले जितेकाे छ । आइतबार बिहान सम्पन्न फाइनलमा चिर परिचित प्रतिद्वन्द्वी ब्राजिललाइ १-० गाेल अन्तरले पराजित गर्दै काेपाकाे ४७औं संस्करण अर्जेन्टिनालेले हात पारेकाे हाे ।

खेलकाे २१ औं मिनेटमा डि पाउलले मिलाइदिएकाे पासमा एञ्जल डि मारियाले सुन्दर भलि गाेल गर्दै अर्जेन्टिनालाइ जित दिलाएका हुन् । कोपाको ४७औं संस्करणसम्म आइपुग्दा नकआउट फर्म्याटमा यी दुई टोली चौथो पटक फाइनल खेल्न लागेका हुन् । जसमा १९३७ मा अर्जेन्टिना विजयी भएको थियो भने २००४ र २००७ मा ब्राजिलले जितेको थियो ।

याे संगै स्टार फुटबलर मेस्सीमाथिकाे ठूला प्रतियाेगिताहरू जित्न असफल भनिने ट्यागसमेत हटेकाे छ । मेस्सीकाे लागि याे पहिलाे काेपा उपाधी हाे । प्रतियाेगितामा मेसीले आफ्नो टिमको लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ४ गोल गर्नुका साथै ५ गोलका लागि अवसर बनाए ।

कोपा अमेरिकाको उपाधी अहिलेसम्म उरुग्वेले सर्वाधिक १५ पटक उपाधि जित्दा अर्जेन्टिनाले याे सहित १५ पटक उपाधि जितेको छ । ब्राजिलले ९ पटक मात्र जितेको छ ।

मेसीले अर्जेन्टिनाका लागि अहिलेसम्म ७६ गोल गरेका छन् । दक्षिण अमेरिकी राष्ट्रहरुमा ब्राजिलका पेलेको ७७ गोल भन्दा एक गोलले मात्र पछि रहेका मेस्सीले जारी काेपामा भने साे रेकर्ड बराबर गर्न या त्यसलाइ पार गर्न असफल रहे ।

प्रकाशित मिति २०७८ असार २७ गते आइतबार ०७:४९
हजुरको प्रतिक्रिया