२०८३ साउन २१ गते बिहीबार

नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक चालु अधिवशेनमै संसदमा लैजान्छौँः सभापति खतिवडा

नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक चालु अधिवशेनमै संसदमा लैजान्छौँः सभापति खतिवडा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २४ गते शुक्रबार १०:३३

उनले विधेयक छिटो पारित गरेर समस्यामा रहेका नेपाली नागरकलाई सहजता प्रदान गर्ने लक्ष्यअनुसार विधेयकमाथि काम गरिरहेको बताए ।
विधेयकमाथि अब बेलायती सेनामा रहेका ब्रिटिश गोरखासँग र एनआरएनसँग एक पटक छलफल गरेर अघि बढाइने उनले बताए ।

काठमाडौं ।

राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नागरिकता विधेयक चालु अधिवेशनमै संसदमँ लैजाने तयारी रहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विधेयक छिटो पारित गरेर समस्यामा रहेका नेपाली नागरकलाई सहजता प्रदान गर्ने लक्ष्यअनुसार विधेयकमाथि काम गरिरहेको बताए ।

विधेयकमाथि अब बेलायती सेनामा रहेका ब्रिटिश गोरखासँग र एनआरएनसँग एक पटक छलफल गरेर अघि बढाइने उनले बताए ।

उनले भने, ‘अब बेलायती सेनामा रहनुभएका ब्रिटिश गोरखासँग र एनआरएनसँग पनि छलफल गर्छौं । यो सरोकारवाला विषय भएकाले छलफल गर्नेछौँ । एक पटक बेलायती सेनामा रहनुभएका साथीहरु र एनआरएनका केही पूर्वअध्यक्षहरुसँग छलफल गर्छौं । त्यसपछि समितिमा नै दफावार छलफल गरेर मन्त्रीज्यु र हामी सबैको चाहनाअनुसार यही अधिवेशनमै यो विधेयक लैजाऔँ भनेर हामी सबै एक भएका छौँ । कोही सत्ता पक्ष र प्रतिपक्ष भएका छैनौँ ।’

समितिको बैठकमा आज नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रश्तावकर्ता सदस्यहरुसँग छलफल भएको हो ।

प्रकाशित मिति २०८२ जेठ २४ गते शुक्रबार १०:३३
हजुरको प्रतिक्रिया