२०८३ साउन २१ गते बिहीबार

प्रगति माध्यमिक विद्यालयमा कक्षा ८ र ९ द्वारा सांस्कृतिक कार्यक्रम सम्पन्न

प्रगति माध्यमिक विद्यालयमा कक्षा ८ र ९ द्वारा सांस्कृतिक कार्यक्रम सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २४ गते शुक्रबार ०३:१०

पोखरा। पोखरा–१६, बाटुलेचौरस्थित प्रगति माध्यमिक विद्यालयमा शुक्रबारीय कार्यक्रम अन्तर्गत कक्षा ८ र ९ का विद्यार्थीहरूको आयोजनामा  विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, कविता...

पोखरा।

पोखरा–१६, बाटुलेचौरस्थित प्रगति माध्यमिक विद्यालयमा शुक्रबारीय कार्यक्रम अन्तर्गत कक्षा ८ र ९ का विद्यार्थीहरूको आयोजनामा  विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, कविता र नाटक जस्ता विविध सांस्कृतिक प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा ‘फर्केर आऊ घर’ शीर्षकको नाटक प्रस्तुत गरिएको थियो। उक्त नाटकमार्फत विद्यार्थीहरूले ूदेशमै कृषि मार्फत स्वरोजगार सम्भव छ, वैदेशिक रोजगारी आम्दानीको एकमात्र विकल्प होइनू भन्ने सन्देश दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि पूर्व शिक्षक तथा अभिभावक बलराम आचार्यले विद्यार्थीहरूमा लुकेको प्रतिभालाई उजागर गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले भने, बिद्यार्थीहरूले प्रस्तुत गरेको नाटक र उद्घोषण शैली निकै प्रशंसनीय रह्यो। यस्ता कार्यक्रममा सहभागी हुँदा उनीहरूमा आत्मविश्वास र नेतृत्व विकास हुन्छ। उनले विद्यार्थीहरूलाई अनुशासित र कर्तव्यनिष्ठ बन्न आग्रह गर्दै भने, जो अनुशासित हुन्छ, ऊ जुनसुकै ठाउँमा पनि सफल हुन्छ।

उनले अभिभावक र विद्यार्थीबीचको सम्बन्ध मित्रवत् हुनुपर्नेमा जोड दिँदै राम्रो सम्बन्धले शिक्षामा सकारात्मक प्रभाव पार्ने बताए।

विद्यालयका अनुसार हाल १,१७५ जना विद्यार्थी अध्ययनरत छन्। वि।सं। २०४७ सालमा स्थापना भएको प्रगति माध्यमिक विद्यालयले शैक्षिक उत्कृष्टता सँगै सहशैक्षिक क्रियाकलापमा समेत सक्रियता देखाउँदै आएको छ।

प्रकाशित मिति २०८२ जेठ २४ गते शुक्रबार ०३:१०
हजुरको प्रतिक्रिया