पोखरा ।
एएफसी एशियन कप सन् २०२७ को छनोटअन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले आज लाओससँग खेल्दै छ ।
नेपाल र लाओसबीचको खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे न्यु लाहोस स्टेडियममा सुरु हुनेछ ।
घरेलु टोली लाओसविरुद्धको खेललाई सामान्य रुपमा नलिएको नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बताए ।
लाओस घरेलु टोलि भएकोले कुनै गल्ती गर्न नहुने प्रशिक्षक रोसले प्रि कन्फ्रेन्समा बताएका हुन् ।
उनले घरेलु मैदानमा लाओसले केही फाइदा लिन सक्ने हुनाले पनि आफूहरु सचेत रहेको बताए ।
समूह एफमा रहेका नेपाल र लाहोस दुवैले छनोटको पहिलो खेलमा हार व्यहोरेका थिए । दुवै टोली अंक जोड्ने लक्ष्यमा हुनेछन् ।
नेपाल अहिलेसम्म लाओस नहारेकोले यो खेल जित्दै छनोटमा अंक जोड्ने योजनामा छ । नेपाल र लाओसबीच अहिलेसम्म ६ खेल भएकोमा ४ खेल नेपालले जितेको छ भने २ खेल बराबरीमा सकिएको छ ।
नेपालले लाओससँग खेल्नुअघि हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । हङकङलाई गोलरहित बराबरीमा रोकेर नेपाली टोली लाओस पुगेको हो ।
साउदी अरबमा सन् २०२७ मा हुने एसियन कपका लागि अहिले भइरहेको छनोट तेस्रो तथा अन्तिम चरणको छनोट हो ।
जहाँ नेपालले आफ्नो दोस्रो अवे खेल खेल्नेछ । यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग २–० र लाओस भियतनामसँग ५–० ले पराजित भएको थियो ।
प्रकाशित मिति २०८२ जेठ २८ गते मंगलबार ०९:२६




