२०८३ कात्तिक १० गते सोमबार

सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले बढ्यो

सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले बढ्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ३० गते बुधबार ०६:४०

पाेखरा । लामो दुरीको यात्रामा सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले वृद्धि भएको छ । यातायात व्यवस्था विभागले असार २९ गते देखिनै लागू हुने गरी सार्वजनिक यातायातका साथै मालबाहक सवारी साधनको समेत भाडा वृद्धि गरेको थियाे । बुधबार...

लामाे दुरीकाे यात्रा गर्ने यात्रु मर्कामा

पाेखरा । लामो दुरीको यात्रामा सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले वृद्धि भएको छ । यातायात व्यवस्था विभागले असार २९ गते देखिनै लागू हुने गरी सार्वजनिक यातायातका साथै मालबाहक सवारी साधनको समेत भाडा वृद्धि गरेको थियाे ।

बुधबार एक सूचना जारी गर्दै विभागले लामो दुरी अर्थात अन्तरप्रदेश संचालन हुने सार्वजनिक यातायातका यात्रुबाहक सवारी साधनका साथै मालबाहक सवारी साधनको समेत भाडादर समायोजन गरिएको जनाएको छ ।

मन्त्रालयका अनुसार यात्रुबाहक सवारी साधनको भाडा साविकको भाडादरमा २८ प्रतिशतले वृद्धि गरिएको छ भने, पहाडी बाटोमा सन्चालन हुने मालबाहक सवारी साधनको भाडा २० प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक सवारी साधनको भाडा २६ प्रतिशतले वृद्धि गरिएको छ ।

विगत २०७२ सालदेखि सवारी भाडा यथावत रहेको तर फ्युल (इन्धन)सँगै गाडीको पाटपुर्जा, टायर लुब्रिकेन्ट तथा महँगी समेत बढेकाले सो कुरालाई ध्यानमा राखि मूल्य समायोजन गरिएको विभागले जनाएको छ ।

यातायात व्यवस्था ऐन, २०४९ को दफा ९६ को उपदफा (१) बमोजिम सोही ऐनको दफा १५३ को खण्ड (घ) ले लिएको अधिकार प्रयोग गरी उक्त भाडा समायोजन गरिएको समेत विभागले सूचना मार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति २०७८ असार ३० गते बुधबार ०६:४०
हजुरको प्रतिक्रिया