२०८३ साउन २१ गते बिहीबार

मुलुकको सुमचित विकास गर्नसके वैदेशिक रोजगारको लहर रोकिन्छः पूर्वगभर्नर नेपाल

मुलुकको सुमचित विकास गर्नसके वैदेशिक रोजगारको लहर रोकिन्छः पूर्वगभर्नर नेपाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३० गते बिहीबार १२:५०

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीविकुमार नेपालले देशभित्र समुचित विकास भएमा वैदेशिक रोजगार तथा आप्रवासको बढ्दो लहर स्वाभाविक रूपमा रोकिने बताएका छन् । बिहीवार काठमाडौंमा मिडिया इन्टरनेसनलको आयोजना गरेको कार्यक्रमलाई...

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीविकुमार नेपालले देशभित्र समुचित विकास भएमा वैदेशिक रोजगार तथा आप्रवासको बढ्दो लहर स्वाभाविक रूपमा रोकिने बताएका छन् ।

बिहीवार काठमाडौंमा मिडिया इन्टरनेसनलको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वगभर्नर नेपालले यस्तो बताएका हुन् ।

जनशक्तिको पलायनलाई केवल नियमनले मात्र रोक्न नसकिने बताउँदै देशमा स्थायित्व, अवसर र विश्वसनीय वातावरण निर्माणको खाँचो रहेको उनको भनाइ छ ।

सुन्दर जीवनको कल्पना गर्दै वर्षेनी लाखौं नेपालीहरु पलायन हुने गरेको उल्लेख गर्दै उनीहरुलाई स्वदेश फर्कने वातावरण सरकारले बनाउनुपर्ने बताए ।

उनले शिक्षा आर्जन तथा कामको सिलसिलामा विदेश जाने तर नफर्कने क्रम बढेको उल्लेख गर्दै यसबारे सरकार गम्भीर बन्न जरुरी रहेको जिकिर गरे ।

उनले भने, ‘हामीले विकास देशभित्र गर्नसक्यौँ भने कसैलाई रोक्नु पर्दैन, उनीहरु आफैं फर्किन्छन् । यो संसारमा कोही पनि फकाएर रोकेर आउनेवाला छैन । आफ्नो सुन्दर भविष्यको लागि गएको जमात हो । देशमा यस्तो वातावरण बनाउनुप¥यो कि उनीहरु फर्केर आओस् । भारतमा राजिव गान्धी प्रधानमन्त्री हुँदाखेरी जतिबेला त्यहाँको आर्मीले कू गर्यो । पछि भारतले आफ्नो देशका नागरिक जुनसुकै देशमा भएपनि तपाईंहरुको सुरक्षा भारत सरकारले गर्छ भनिसकेपछि भारतको नीतिमै परिवर्तन भयो । पछि संसारभर रहेका भारतीय मूलका व्यक्तिहरुले भारततिर हेर्न थाले । यसको मतलव देशले आहन पनि गर्ने, नीतिगत परिवर्तन पनि गर्ने र उनीहरुलाई राष्ट्रप्रतिको प्रेम अनुभव पनि हुने नीति अपनाउनुपर्छ ।’

उनले अगामी आर्थिक वर्षको बजेट विगतको तुलनामा प्रगतिशील रहेको बताए । मुलुकको वर्तमान परिस्थितिको सामना गर्नेगरी बजेट आएको पूर्वगभर्नर नेपालको भनाइ छ ।

प्रकाशित मिति २०८२ जेठ ३० गते बिहीबार १२:५०
हजुरको प्रतिक्रिया