२०८३ असोज २४ गते शनिबार

गण्डकी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता आजदेखि, पहिलो खेल स्याङ्जा र म्याग्दीबीच

गण्डकी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता आजदेखि, पहिलो खेल स्याङ्जा र म्याग्दीबीच

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३२ गते शनिबार ०८:४५

प्रतियोगिताअन्तर्गत पहिलो दिन आज दुई खेल हुँदैछन् । पहिलो खेल स्याङ्जा र म्याग्दीबीच बिहान ९ बजेबाट सुरु हुनेछ । आज नै दोस्रो खेल तनहुँ र बागलुङबीच हुनेछ ।
उक्त खेल दिउँसो एक बजेबाट सुरु हुनेछ ।

पोखरा ।

पोखरामा आजदेखि तेस्रो गण्डकी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुँदैछ ।

प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा उक्त प्रतियोगिता हुन लागेको हो ।

असार ६ गतेसम्म चल्ने प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्लाले सहभागिता जनाएका छन् ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा स्याङजा, बागलुङ, तनहुँ र म्याग्दी तथा समूह बी मा कास्की, पर्वत, नवलपुर र गोरखा छन् ।

दुवै समूहका शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । प्रतियोगिताअन्तर्गत पहिलो दिन आज दुई खेल हुँदैछन् ।

पहिलो खेल स्याङ्जा र म्याग्दीबीच बिहान ९ बजेबाट सुरु हुनेछ । आज नै दोस्रो खेल तनहुँ र बागलुङबीच हुनेछ ।

उक्त खेल दिउँसो एक बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही २ हजार र ‘प्लेयर अफ द म्याच’ लाई १ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति २०८२ जेठ ३२ गते शनिबार ०८:४५
हजुरको प्रतिक्रिया