२०८३ असोज २४ गते शनिबार

प्रचण्ड कप राष्ट्रिय महिला भलिबल : फाइनल खेल आज हुँदै

प्रचण्ड कप राष्ट्रिय महिला भलिबल : फाइनल खेल आज हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३२ गते शनिबार ०९:२०

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने फाइनलमा उपाधिका लागि सशस्त्र प्रहरी बल एपिएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
फाइनल खेल अघि तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित भएका न्यू डायमण्ड र एभरेष्ट खेल्दैछन् । तेस्रो स्थानका लागि हुने खेल भने आज दिउँसो १ बजे हुनेछ ।

उपाधिका लागि एपिएफ र नेपाल पुलिस क्लब भिड्ने

पोखरा ।

पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने फाइनलमा उपाधिका लागि सशस्त्र प्रहरी बल एपिएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

फाइनल खेल अघि तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित भएका न्यू डायमण्ड र एभरेष्ट खेल्दैछन् । तेस्रो स्थानका लागि हुने खेल भने आज दिउँसो १ बजे हुनेछ ।

यसअघि समूह चरणमा न्यू डायमण्डले एभरेष्टलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

प्रतियोगिताअन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा पुलिसले एभरेष्ट भलिबल क्लब र एपिएफले न्यू डायमण्ड स्पोट्र्स क्लबलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनलमा पुलिसले एभरेष्टलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले एभरेष्टमाथि २५–१६, २५–१३ र २५–११ को शानदार जित दर्ता गर्न सफल भयो ।

दोस्रो सेमिफाइनलमा एपिएफले पनि न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले पहिलो सेट २५–१७, दोस्रो सेट २६–२४ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पा¥यो ।

प्रतियोगिताको विजेता टोलीले ६ लाख, उपविजेताले ३ लाख, र तेस्रो हुने टिमले एक लाख पुरस्कार पाउने छन् ।

सर्वाेत्कृष्ट खेलाडी २० हजार र विधागत उत्कृष्ट खेलाडीले जनही १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति २०८२ जेठ ३२ गते शनिबार ०९:२०
हजुरको प्रतिक्रिया