पोखरामा तेस्रो गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
पोखरा रंगशालास्थित क्रीकेट मैदानमा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले गरे ।
उद्घाटन खेलमा स्याङ्जाले म्याग्दीमाथि ६ विकेटको सहज जित निकालेको छ ।
म्याग्दीले दिएको ८९ रनको लक्ष्य स्याङ्जाले १२ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
स्याङ्जाका लागि ईश्वर क्षेत्रीले १८ सर्वाधिक ३९ रन बनाए । करण पंगेनी २३ रनमा अविजित रहे ।
बलिङमा म्याग्दीका लागि हरि सुवेदी र सागर कटुवालले २ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको म्याग्दीले १८.५ ओभरमै सबै विकेट गुमाएर ८८ रनमा बनाएको थियो ।
म्याग्दीका रोशन कार्कीले सर्वाधिक २७ रन बनाए । दिनेश क्षेत्रीले २४ रन र सागर कटुवालले २० रन जोडे ।
स्याङ्जाका करण पंगेनी र सुजन गौतमले समान ३–३ विकेट लिए ।
प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।




