२०८३ साउन २१ गते बिहीबार

स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको त्रिदेशीय टी–२० आई सिरिज आजदेखि

स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको त्रिदेशीय टी–२० आई सिरिज आजदेखि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १ गते आइतबार ०९:१८

नेपालले आफ्नो पहिलो खेल भोली जुन १६ मा नेदरल्याण्ड्ससँग खेल्नेछ त्यस्तै नेपालले जुन १७ मा स्कटल्याण्डसँग, जुन १८ मा फेरि नेदरल्याण्ड्ससँग र जुन २० मा स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

नेपालले आफ्नो पहिलो खेल भोली नेदरल्याण्ड्ससँग खेल्ने

पोखरा ।

स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको मेन्स् त्रिदेशीय टी–२० आई सिरिज आजदेखि स्कटल्यान्डमा शुरु हुँदैछ ।

सिरिजको पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् खेल्दैछन् । यो खेल स्कटल्यान्डको ग्लास्गोमा नेपाली समयअनुसार साँझ पौने ७ बजे शुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल भोली जुन १६ मा नेदरल्याण्ड्ससँग खेल्नेछ त्यस्तै नेपालले जुन १७ मा स्कटल्याण्डसँग, जुन १८ मा फेरि नेदरल्याण्ड्ससँग र जुन २० मा स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

यी सबै खेल स्कटल्यान्डको ग्लास्गोमा नेपाली समयअनुसार साँझ पौने ७ बजे शुरु हुनेछ ।

यसअघि लिग २ को एकदिवसीय शृंखलामा नेपालले ४ मध्ये ३ खेलमा जित निकालेको थियो ।

नेपालको टी–२० आई टोलीमा रोहित पौडेल कप्तान, कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, आरिफ शेख, भीम सार्की, रिजन ढकाल, अनिल साह, बसिर अहमद, नन्दन यादव छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले मौका पाएका छन् । तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी–२० शृङ्खला गुमाउनेछन् ।

किरण पहिलोपटक राष्ट्रिय टोलीमा समावेश भएका हुन् भने रुपेश सिंह यसअघि हङकङमा भएको टी–२० शृंखलामा नेपालको टोलीमा परेपनि डेब्यू गरेका छैनन् ।

लोकेश बम भने नेपाली टी–२० आई टोलीमा पर्दै आएका छन् ।

प्रकाशित मिति २०८२ असार १ गते आइतबार ०९:१८
हजुरको प्रतिक्रिया