२०८३ असोज २५ गते आइतबार

सार्वजनिक यातायातको क्षेत्रमा निजी लगानी सुरक्षित गर्दै अघि बढ्नेपर्नेमा काँग्रेस महामन्त्री थापाको जोड

सार्वजनिक यातायातको क्षेत्रमा निजी लगानी सुरक्षित गर्दै अघि बढ्नेपर्नेमा काँग्रेस महामन्त्री थापाको जोड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २ गते सोमबार ०९:१९

सार्वजनिक यातायातको क्षेत्रलाई व्यवस्थित गर्न सके लोकतन्त्रको सुदृढिकरणसँगै आर्थिक विकासमा समेत ठूलो योगदान पुग्ने उनको विश्वास छ । उनले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणाली सुधार गर्न सके मात्र मुलुकले वार्षिक ४० अर्ब रुपैयाँ जोगाउन सकिने बताए ।

काठमाडौं ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको सार्वजनिक यातायात क्षेत्र निजी लगानीमै आधारित रहेकाले निजी क्षेत्रको लगानीलाई सुरक्षित गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

आईतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन समारोहमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्

सार्वजनिक यातायातको क्षेत्रलाई व्यवस्थित गर्न सके लोकतन्त्रको सुदृढिकरणसँगै आर्थिक विकासमा समेत ठूलो योगदान पुग्ने उनको विश्वास छ । उनले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणाली सुधार गर्न सके मात्र मुलुकले वार्षिक ४० अर्ब रुपैयाँ जोगाउन सकिने बताए ।

सार्वजनिक यातायात क्षेत्रमा विद्यमान चुनौतीहरूप्रति ध्यान दिनु जरुरी रहेको उल्लेख गर्दै उनले सुदृढ नीतिगत संरचना र सहकार्य आवश्यक समेत जिकिर गरे ।

उनले भने, ‘काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन सक्यौँ भने हामीले आजको दिनमा ४० अर्ब रुपैयाँ बचाउनसक्ने अवस्था रहेछ । त्यसैले लोकतन्त्रको लागि यातायात जति महत्वपूर्ण हो आर्थिक विकासका लागि पनि त्यत्तिकै महत्वपूर्ण कुरा हो । तर हामीलाई के थाहा छ भने हाम्रो सार्वजनिक यातायातको क्षेत्र एकदमै चुनौतीको बीचमा उभिएको छ । सार्वजनिक यातायातको हामीले एउटै मोडालिटीमा काम गरेका छौँ । यो थोरै देशहरुमा मात्रै छ । यो क्षेत्र सार्वजनिक भएपनि यस क्षेत्रको बहुसंख्यक लगानीकर्ता निजी नै हो । त्यसकारण निजी क्षेत्रको लगानीलाई सम्हाल्दै लग्यौँ भने मात्रै हामीले ठिक गाउँमा पुर्याउने अवस्था रहन्छ ।’

सार्वजनिक यातायातको क्षेत्रको सुधारका लागि आवश्यक छलफल गर्न सरकारले नीतिगत सुधारसँगै निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न जरुरी रहेको उनले बताए ।

प्रकाशित मिति २०८२ असार २ गते सोमबार ०९:१९
हजुरको प्रतिक्रिया