२०८३ असोज २६ गते सोमबार

संसदमा रास्वपा र राप्रपाको अवरोध कायमै

संसदमा रास्वपा र राप्रपाको अवरोध कायमै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २ गते सोमबार ०१:२०

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा अवरोध कायमै राखेको छ । सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा पनि रास्वपा र राप्रपापका सांसदहरुले अवरोध कायमै गरेका...

काठमाडौं ।

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा अवरोध कायमै राखेको छ ।

सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा पनि रास्वपा र राप्रपापका सांसदहरुले अवरोध कायमै गरेका हुन् ।

सभामुख देवराज घिमिरेले कार्यसूची अगाडी बढाउन खोजेपछि रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाए ।

भिजिट भिसा प्रकरणमा नाम जोडिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाका सांसदहरुले लगातार संसद अवरोध गर्दै आएका छन् ।

आजको बैठकमा रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई बोल्नको लागि समय दिए ।

प्रकाशित मिति २०८२ असार २ गते सोमबार ०१:२०
हजुरको प्रतिक्रिया