२०८३ साउन २१ गते बिहीबार

जलविद्युत परियोजनाको बीमाका सवालमा धैरै गुनासा छन् : शरद ओझा

जलविद्युत परियोजनाको बीमाका सवालमा धैरै गुनासा छन् : शरद ओझा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ५ गते बिहीबार ०९:४७

लगानी आकर्षित र सुरक्षित बनाउनका लागि बीमाको सुरक्षा आवश्यक रहेको स्पष्ट पार्दै अध्यक्ष ओझाले बीमा सुरक्षाका लागि ऋण सहयोगको सुरक्षासँगै ऋण सहयोगको सुरक्षाका लागि रेट्रोको सुरक्षाबारे स्पष्ट हुनुपर्ने जिकिर गरे ।

काठमाडौं ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले जलविद्युत परियोजनाको बीमाका सवालमा गुनासाहरु धेरै रहेको बताएका छन् ।

नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघको छैटौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले जलविद्युत परियोजनाको बीमा गर्ने सवालमा तहगत संलग्नतामा गुनासोहरु आउने गरेको बताएका हुन् ।

उनले बीमाको क्षेत्रमा काम गरिरहेकाहरुको सुझाव र सहयोगका आधारमा राज्यले तय गरेको प्राथमिकता अनुरुप तयारी नहुँदा लगानी आकर्षित गर्नसमेत समस्या भइरहेको उल्लेख गरे ।

लगानी आकर्षित र सुरक्षित बनाउनका लागि बीमाको सुरक्षा आवश्यक रहेको स्पष्ट पार्दै अध्यक्ष ओझाले बीमा सुरक्षाका लागि ऋण सहयोगको सुरक्षासँगै ऋण सहयोगको सुरक्षाका लागि रेट्रोको सुरक्षाबारे स्पष्ट हुनुपर्ने जिकिर गरे ।

उनले भने, ‘बीमाको क्षेत्रलाई थप व्यवस्थित बनाउन यो संस्थाको महत्वपूर्ण भुमिका रहेको छ । पछिल्लो केही समयमा जलविद्युत परियोजनाको विमा गर्ने सवालमा जुन तहको संलग्नता हुनुपर्ने हो त्यो नभएको भन्ने गुनासोहरु आउने गरेका छन् । यो विषयलाई इपानका पदाधिकारीहरुले पनि उठाउनुभएको थियो । विमाको क्षेत्रमा काम गरिरहेकाहरुको सहयोग र सुझावका आधारमा राज्यको जुन प्राथमिकता तय गरेको छ त्यसैअनुरुप तयारी नहुँदा लगानी आकर्षित गर्न अवश्य कठिन हुन्छ । लगानी आकर्षित गर्न र लगानी सुरक्षित बनाउनका लागि वीमाको सुरक्षा आवश्यकता पर्दछ । बीमाको सुरक्षाका लागि ऋण सहयोगको सुरक्षा आवश्यक होला, ऋण सहयोगको सुरक्षाका लागि रेट्रोको सुरक्षा होला । वीमामा हुन नसकेका कामहरुको हामीलाई चाहिएको समाधान हो । हामी कसरी हुनसक्ने संयन्त्र बनाउन सक्छौं अथवा कसरी बनाउन सकिन्छ । त्यसका लागि आवश्यक समयानुकुल गर्नुपर्ने कामहरु गर्नुपर्छ । र, यसले समग्र इण्डष्ट्रिमा मर्का नपर्नेगरि चाहे वीमा वा जलविद्युत परियोजनालाई होस् ।’

बीमा क्षेत्रको सुधारका लागि हुनसक्ने संयन्त्र बनाउनतर्फ समयानुकुल कामहरु गर्नुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति २०८२ असार ५ गते बिहीबार ०९:४७
हजुरको प्रतिक्रिया