२०८३ असोज २४ गते शनिबार

देश अहिले समृद्धिको बाटोतर्फ लम्किरहेको छ : बद्रिप्रसाद पाण्डे

देश अहिले समृद्धिको बाटोतर्फ लम्किरहेको छ : बद्रिप्रसाद पाण्डे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ६ गते शुक्रबार ०९:१२

भूकम्पमा ढलेका संरचना बनेका, कोभिडका कारण शिथिल भएको अर्थतन्त्र चलायमान बन्दै गएको भन्दै उनले नेपाल कुनै भोकमरी, गृहयुद्धमा नरहेको र समृद्धिको बाटोमा अग्रसर रहेको तर्क गरे ।
देश आफैँले बनाउनुपर्ने भन्दै देश बनाउने र समृद्धिको बाटोमा लैजाने काम आफूहरुकै भएको उनले उल्लेख गरे ।

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देश अहिले समृद्धिको बाटोतर्फ लम्किरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सो अवसरमा उनले देश बिग्रिएको नभइ जुरुक्कै उठेको बताए ।

भूकम्पमा ढलेका संरचना बनेका, कोभिडका कारण शिथिल भएको अर्थतन्त्र चलायमान बन्दै गएको भन्दै उनले नेपाल कुनै भोकमरी, गृहयुद्धमा नरहेको र समृद्धिको बाटोमा अग्रसर रहेको तर्क गरे ।

देश आफैँले बनाउनुपर्ने भन्दै देश बनाउने र समृद्धिको बाटोमा लैजाने काम आफूहरुकै भएको उनले उल्लेख गरे ।

देशमा भएको सम्पदा र पुँजीलाई सदुपयोग गर्नसक्ने हो भने मात्रै पनि समृद्ध राष्ट्रको रुपमा अघि बढ्नसकिने उनको भनाइ छ ।

मन्त्री पाण्डेले भने, ‘केही बिग्रिएको छैन । हाम्रो देश ढलेको छैन । जुरुक्कै उठेको छ अहिले । भूकम्पपछि हामीले देखेका छौँ । हाम्रा सम्पदाहरु जस्ताको त्यस्तै उठेका छन् । विद्यालय, स्वास्थ्य संस्था, निजी भवनहरु उठेका छन् । कोभिड पछि अर्थतन्त्र कमजोर भयो, विस्तारै अर्थतन्त्र चलायमान हुने दिशामा छ । देशभित्र राजनीतिक द्वन्द्व थियो, त्यो द्वन्द्वलाई निवारण गरेर शान्ति प्रक्रियाको बाटोमा संविधान निर्माण गरेर अघि बढिसकेको अवस्था छ । हामी कुनै भोकमरी, गृहयुद्ध भोगिरहेका छैनौँ । छेउछाउका हुन् वा टाढाका हुन् हाम्रा कोही पनि शत्रु छैनन् । हामी हाम्रो देश उठाउँछौँ, अघि बढाउँछौँ, समृद्धिको बाटोमा जान्छौँ । यो देशको भविष्य छ । यो देशमा भएको सम्पदा र पुँजीलाई सदुपयोग गर्नसक्ने हो भने हामी समृद्ध राष्ट्रको रुपमा अघि बढ्नसक्छौँ ।’

मन्त्री पाण्डेले संस्कृतिको रक्षा, प्रवद्र्धन गर्न धेरै ठूलो मेहनत जरुरी रहेको जिकिर गरे ।

प्रकाशित मिति २०८२ असार ६ गते शुक्रबार ०९:१२
हजुरको प्रतिक्रिया