२०८३ कात्तिक ११ गते मंगलबार

सुनका गरगहना अबैध रुपमा ओसारपसार गर्ने २ जना पक्राउ

सुनका गरगहना अबैध रुपमा ओसारपसार गर्ने  २ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ७ गते शनिबार ०२:२४

पोखरा ७ असार । जिल्ला प्रहरी कार्यालय कास्कीले अबैध रुपमा सुनका गरगहना ओसारपसार गर्ने २ जनालाई पक्राउ गरेको छ । असार ६ गते पोखराबाट बुटवल तर्फ जादै गरेको माइक्रोबस पोखरा पुम्दिभुम्दिमा खानतलसी गर्दा उनिहरु पक्राउ परेका हुन् ।...

पोखरा ७ असार ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अबैध रुपमा सुनका गरगहना ओसारपसार गर्ने २ जनालाई पक्राउ गरेको छ ।
असार ६ गते पोखराबाट बुटवल तर्फ जादै गरेको माइक्रोबस पोखरा पुम्दिभुम्दिमा खानतलसी गर्दा उनिहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत पंजाव घर भएका कुलदीप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका वडानम्बर १६ घर भएका रामबहादुर विक रहेका छन् ।
उनिहरुको साथबाट प्रहरीले ८२ तोला १६ लाख सुन र सनुका गरगहना वरामद गरेको छ । उक्त सुन असार ६ गतेको दर रेटका आधारमा एक करोड ३० लाख ४१ हजार ८ रुपैया मुल्यको रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।
बरामद हुनेमा सुनका ९ प्रकारका गरगहना र सुनको डल्ला रहेका छन् ।
शनिबरा जिल्ला प्रहरी कार्यालय परिषरमा पत्रकार सम्मेलन गरेर प्रहरीले उक्त जानकरी दिएको हो ।
कुलदीप र रामबहादुर दुवै जना कालिवढको रुपमा काम गर्ने व्यक्ती रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गरगहना बनाएर पोखरा, काठमाडौँ, नारायणघाटमा विक्री वितरण गर्ने गरेको र उसले भारत पंजाव अम्मरजित साहूको पसबाट गहना लिने गरेको खुलेको ओलियाले जानकारी दिए ।
उनिहरुलाई थप अध्यनका लागि राजश्व अनुसन्धान कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ असार ७ गते शनिबार ०२:२४
हजुरको प्रतिक्रिया