पोखरा
प्रथम गण्डकी लोक ताराको उपाधि बागलुङका प्रेम विकले जितेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा शनिबार भएको लोक ताराको उपाधि प्रेमले जितेका हुन् ।
विश्व संगीत दिवसको अवसरमा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजित ग्रान्ड फिनालेमा गण्डकी प्रदेशका ९ जिल्लाबाट छनोट भएका १८ जना प्रतिस्पर्धीबाट प्रेम उत्कृष्ट बनेका हुन् । उपाधिसँगै प्रेमले ५१ हजार १११ र निःशुल्क अडियो रेकर्डिङको सुविधा पाएका छन् ।
प्रतियोगितामा स्याङ्जाकी शिला गुरुङ दोस्रो, म्याग्दीका विजय परियार तेस्रो र दिलीप मानन्धरले सान्त्वना स्थान हासिल गरे । दोस्रो हुने शिलाले ३१ हजार १११ र तेस्रो हुने विजयले २१ हजार १११ सहित निःशुल्क अडियो रेकर्डिङको सुविधा पाएका छन् । सात्वना हुने दिलिपले ११ हजार १११ प्राप्त गरे ।
प्रतियोगिताको निर्णायक संयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष दुर्गा रायमाझी थिए । अन्य निर्णायकमा वरिष्ठ संगितकार नवराज बराल, प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक पशुपति शर्मा, गायिका शान्ति गुरुङ थिए ।
प्रकाशित मिति २०८२ असार ८ गते आइतबार ११:३१




