२०८३ असोज २५ गते आइतबार

सडक भासिँदा गोरखाको ढुंगागाढे–खाब्दी भञ्ज्याङ सडकमा यातायात सेवा अवरुद्ध

सडक भासिँदा गोरखाको ढुंगागाढे–खाब्दी भञ्ज्याङ सडकमा यातायात सेवा अवरुद्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ९ गते सोमबार १०:१७

सहिद लखन गाउँपालिका प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि उक्त सडकखण्ड हुँदै आवातजावत गर्ने यात्री समस्यामा परेका छन् ।
सडक भासिएकाले मोटरसाइकल र पैदलयात्री जोखिम मोलेरै ओहोरदोहोर गर्नुपर्ने अवस्था बनेको छ ।

पोखरा ।

गोरखाको सहिद लखन गाउँपालिका–७ स्थित ढुंगागाढे भञ्ज्याङ नजिकै सडक भासिँदा ढुंगागाढे–खाब्दी भञ्ज्याङ सडकमा यातायात सेवा अवरुद्ध भएको छ ।

गए राति परेको वर्षाले सडक भासिएर दुईतर्फी नै सवारी आवागमन अवरुद्ध भएको सहिद लखन–७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

“गत वर्ष वर्षाले सामान्य क्षति पुगेको उक्त सडक समयमा मर्मत नहुँदा गए रातिको भीषण वर्षाले थप क्षति पुगेको हो । गएको बर्खादेखि नै सडक भासिँएर जोखिमपूर्ण अवस्थामा रहँदै आएको थियो, अहिले त चारपाङ्ग्रे सानाठूला कुनै पनि सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था छैन” उनले भने ।

सहिद लखन गाउँपालिका प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि उक्त सडकखण्ड हुँदै आवातजावत गर्ने यात्री समस्यामा परेका छन् । सडक भासिएकाले मोटरसाइकल र पैदलयात्री जोखिम मोलेरै ओहोरदोहोर गर्नुपर्ने अवस्था बनेको छ ।

सडक पूर्वाधार विकास कार्यालयले शनिबारदेखि सडक पुनर्निर्माणको काम सुरु गरेको भए पनि वर्षाका कारण निर्माण प्रभावित भएको छ ।

प्रकाशित मिति २०८२ असार ९ गते सोमबार १०:१७
हजुरको प्रतिक्रिया