२०८३ असोज २४ गते शनिबार

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, विनियोजन विधेयक, २०८२ पारित गरिने

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, विनियोजन विधेयक, २०८२ पारित गरिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १० गते मंगलबार ०९:३०

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यो पारित भएपछि विभिन्न मन्क्रालय, निकाय तथा कार्यत्रमका लागि विनियोजित रकम खर्च गर्न कानुनी अनुमति मिल्छ ।

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यो पारित भएपछि विभिन्न मन्क्रालय, निकाय तथा कार्यत्रमका लागि विनियोजित रकम खर्च गर्न कानुनी अनुमति मिल्छ ।

आजको संसद बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका समेत रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

त्यसअघि बैठकमा विभिन्न मन्त्रालयका बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्युसूची छ ।

त्यस्तै आजको बैठकमा आज श्रम, रोजगार तथा समाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ र सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने छन् ।

बैठकमा खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ । यस्तो प्रस्ताव राख्ने सांसदहरुमा अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चिक्रबहादुर केसी, शत्तिबहादुर केसी, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत, उर्मिला माझी, अम्मरबहादुर थापा, छिरिङल्हामु लामा (तामाङ), नारायणी शर्मा, गङ्गा कार्की र लेखनाथ दाहाल छन् ।

प्रकाशित मिति २०८२ असार १० गते मंगलबार ०९:३०
हजुरको प्रतिक्रिया