२०८३ साउन २१ गते बिहीबार

आगामी दशक सूचना प्रविधिको दशकः सञ्चारमन्त्री गुरुङ

आगामी दशक सूचना प्रविधिको दशकः सञ्चारमन्त्री गुरुङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १० गते मंगलबार ०३:००

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आगामी दशकलाई सूचना प्रविधि दशक भएको बताएका छन्। प्रतिनिधिसभाको मंगलवारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका...

काठमाडौँ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आगामी दशकलाई सूचना प्रविधि दशक भएको बताएका छन्।

प्रतिनिधिसभाको मंगलवारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका हुन्।

उनले सूचना प्रविधिको क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्दै निर्यातयोग्य सूचना प्रविधि विकास गरिने दावी गरे।

मन्त्री गुरुङले सूचना र प्रविधिको क्षेत्रमा युवा जनशक्तिलाई आकर्षित गरी रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्दै सूचना प्रविधिमार्फत आर्थिक, सामाजिक रूपान्तरण एवं आर्थिक समृद्धि हासिल गर्ने दीर्घकालीन सोच अगाडि बढाएको स्पष्ट पारे।

सुशासन र विद्युतीय शासन प्रवर्धन एवं सदाचारको परिपालनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै उनले बजेटमा विनियोजित बजेट मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित ६ वटा क्षेत्रमा आधारित रहेको जानकारी दिए।

मन्त्री गुरुङले भने, ‘आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइएको छ। सूचना प्रविधिमार्फत आर्थिक सामाजिक रूपान्तरण एवं आर्थिक समृद्धि हासिल गर्ने सूचना प्रविधि मन्त्रालयको दीर्घकालीन सोच रहेको छ। सुशासन र विद्युतीय शासन प्रवर्धन एवं सदाचारको परिपालनमा मन्त्रालय प्रतिबद्ध छ।’

उनले मन्त्रालय सम्बद्ध विषयहरूको कार्यान्वयन र तोकिएका सूचकको लक्ष्य प्राप्तिका लागि मन्त्रालयले वार्षिक कार्यक्रमहरूको एकीकृत कार्ययोजना तयार गरी तदनुरूप अगाडि बढ्ने स्पष्ट पारे।

प्रकाशित मिति २०८२ असार १० गते मंगलबार ०३:००
हजुरको प्रतिक्रिया