२०८३ असोज २६ गते सोमबार

बाइल्याटरल ऋण लिन बन्द गर्नुपर्छः पूर्वअर्थमन्त्री महत

बाइल्याटरल ऋण लिन बन्द गर्नुपर्छः पूर्वअर्थमन्त्री महत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ११ गते बुधबार १२:२६

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा। प्रकाशशरण महतले अहिलेकै तरिकाबाट दुई पक्षीय ऋणहरू लिन नहुने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। अहिलेको तरिकाबाट लिइरहेको...

काठमाडौं ।

पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा। प्रकाशशरण महतले अहिलेकै तरिकाबाट दुई पक्षीय ऋणहरू लिन नहुने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

अहिलेको तरिकाबाट लिइरहेको बाइल्याटरल ऋणले नेपाललाई फाइदा गर्न नसकेको जिकिर गरे।

नेपालले उदार र महंगो दरमा ऋणहरू लिन नहुने उहाँको भनाइ छ। बाइल्याटरल ऋणका शर्तहरू नसुहाउँदो रहेको भन्दै उनीहरूकै ठेकदार र उनीहरूलाई छोटो समयमै फिर्ता दिनुपर्ने महंगो ब्याजको ऋण लिन बन्द गर्नुपर्ने बताए।

उनले बहुपक्षीय ऋण नेपालले लिएर आफ्नो आवश्यकताका आधारमा लगानी गर्नसक्ने स्थिति निर्माण गर्नुपर्ने बताए। आफू आन्तरिक ऋण बढाउनै हुँदैन भन्ने पक्षमा नरहेको पनि स्पष्ट पारे।

पूर्वअर्थमन्त्री महतले रिसोर्स बिनाको अनफण्डेट अधिकार खोलिरहेको बताए।

उनले जलवायु वित्त पनि नेपालले न्यून पाइरहेको बताए। नेपालसँग पर्याप्त वन क्षेत्र रहेको बताए। बजेट धेरै विकृत भएको बताउँदै शून्यबाट पुनः निर्माण शुरु गर्न जरुरी रहेको बताए।

प्रकाशित मिति २०८२ असार ११ गते बुधबार १२:२६
हजुरको प्रतिक्रिया