२०८३ असोज २३ गते शुक्रबार

लेवान्डोस्की र मुलरकाे गाेलले बायर्नलाई सुपरकप

लेवान्डोस्की र मुलरकाे गाेलले बायर्नलाई सुपरकप

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ २ गते बुधबार ०७:४१

बायर्न म्युनिखले जर्मन सुपरकपको उपाधि जितेको छ । मंगलबार भएको खेलमा रोबर्ट लेवान्डोस्कीको २ गोल मद्दतले चिरप्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई ३-१ ले हराउँदै बायर्नले सुपरकपकाे उपाधी उचालेकाे हाे । पहिलो हाफको अन्त्यअघि लेवान्डोस्कीले...

बायर्न म्युनिखले जर्मन सुपरकपको उपाधि जितेको छ । मंगलबार भएको खेलमा रोबर्ट लेवान्डोस्कीको २ गोल मद्दतले चिरप्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई ३-१ ले हराउँदै बायर्नले सुपरकपकाे उपाधी उचालेकाे हाे ।

पहिलो हाफको अन्त्यअघि लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाए भने दोस्रो हाफको शुरुवातमा नै थोमस मुलरले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ६४ औँ मिनेटमा मार्को रिउसले एक गोल फर्काए पनि १० मिनेट पछि नै लेवान्डोक्सीले अर्को गोल थप्दै पुनः टोलीलाई दुई गोलको अग्रता दिलाए ।

आफ्नो पूर्वक्लब विरुद्ध यो उनको २४ औँ गोल थियो । पोल्यान्डका स्ट्राइकर सन् २०१० देखि २०१४ को बीचमा डर्टमन्डमा रहेका थिए ।

जर्मन सुपरकप बुन्डेस लिगाको विजेता र डीएफबी पोकालको विजेताबीच खेलाइन्छ । गत सिजन बार्यनले कीर्तिमानी लगातार नवौँ पटक लिग उपाधि जितेको थियो ।

प्रकाशित मिति २०७८ भदौ २ गते बुधबार ०७:४१
हजुरको प्रतिक्रिया