पोखरा ।
नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकका नविन न्यौपानेनियुक्त भएका छन् ।
ताजकिस्तानमा हुने एएफसी यु–२३ एसियन कप छनोटको खेलको लागि न्यौपानेलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
न्यौपानेलाई एन्फा कार्यवाहक महासचिव बद्री भट्टराईले बुधवार नियुक्ती पत्र हस्तान्तरण गरे ।
सिनियर राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक समेत रहिसकेका न्यौपाने एन्फा युवा परियोजनाको प्रमुख हुन् ।
यसअघि उनले ए डिभिजन क्लब मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी तथा एनएसएल टोली पोखरा थन्डर्स र चितवन एफसीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन् ।
सो अवसरमा एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापा र मनिष जोशी, सिइओ इन्द्रमान तुलाधर लगायतको उपस्थिति थियो ।
सेप्टेम्बर ३ देखि ९ सम्म हुने छनोट प्रतियोगितामा नेपाल आयोजक ताजकिस्तान, सिरिया र फिलिपिन्ससँग समूह के मा रहेको छ ।
प्रकाशित मिति २०८२ असार १२ गते बिहीबार ०९:२१