२०८३ असोज २४ गते शनिबार

खुला सीमाका कारण भन्सार व्यवस्थापन चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

खुला सीमाका कारण भन्सार व्यवस्थापन चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १२ गते बिहीबार ०९:२३

उनले एकातिर भूपरिवेष्टित र अर्कोतिर खुला सीमानाका कारणले सम्पूर्ण कारोबारलाई भन्सार बिन्दुबाट मात्रै हुने कुराको सुनिश्चितता गर्ने विषय चुनौतीपूर्ण रहेको बताए ।
उनले अवैध निकासी–पैठारी रोक्नका लागि कानुनी व्यवस्थासँगै संरचनागत सुधारको पनि खाँचो रहेको उल्लेख गरे

काठमाडौं ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खुला सीमाका कारण भन्सार व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्न बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले भन्सार व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका हुन् ।

उनले एकातिर भूपरिवेष्टित र अर्कोतिर खुला सीमानाका कारणले सम्पूर्ण कारोबारलाई भन्सार बिन्दुबाट मात्रै हुने कुराको सुनिश्चितता गर्ने विषय चुनौतीपूर्ण रहेको बताए ।

उनले अवैध निकासी–पैठारी रोक्नका लागि कानुनी व्यवस्थासँगै संरचनागत सुधारको पनि खाँचो रहेको उल्लेख गरे ।

उनले भन्सार बिन्दुबाट मात्रै कुनै पनि सामानको निकासी र पैठारी हुन्छ भन्ने कुराको आश्वासन दिन सक्नुपरेको जिकिर गरे ।

उक्त चुनौतिको बीचबाट आफूहरूलाई खरो रूपमा उतार्नुपर्ने अवस्था रहेको अर्थमन्त्री पौडेलको भनाइ छ ।

उनले भन्सार बिन्दुबाट मात्रै पैठारी र निकासी हुन्छ भन्ने कुराको आश्वासन दिन नसक्दा चुहावटका समस्याहरू आउने गरेको बताउँदै त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

प्रकाशित मिति २०८२ असार १२ गते बिहीबार ०९:२३
हजुरको प्रतिक्रिया