२०८३ साउन २१ गते बिहीबार

रास्वपाद्वारा काठमाडौंका १४ ठाउँमा ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन

रास्वपाद्वारा काठमाडौंका १४ ठाउँमा ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १३ गते शुक्रबार ०१:११

राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर अभियानका लागि ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन गरेको छ । शुक्रवार काठमाडौंको कलंकीमा पार्टीका नेताहरु उपस्थित भइ हस्ताक्षर अभियानका लागि ऐक्यवद्धता डेस्कको शुभारम्भ गरेका हुन् । रास्वपाले...

राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर अभियानका लागि ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन गरेको छ ।

शुक्रवार काठमाडौंको कलंकीमा पार्टीका नेताहरु उपस्थित भइ हस्ताक्षर अभियानका लागि ऐक्यवद्धता डेस्कको शुभारम्भ गरेका हुन् ।

रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै त्यसको विरुद्धमा जनताको हस्ताक्षर अभियान शुरु गरेको हो ।

सभापति लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा छन् । बुटवको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा राख्न आदेश दिएको थियो ।

शुक्रवारबाट काठमाडौंका १४ ठाउँमा ऐक्यवद्धता डेस्क सञ्चालनमा ल्याइएको रास्वपाले बताएको छ ।

प्रकाशित मिति २०८२ असार १३ गते शुक्रबार ०१:११
हजुरको प्रतिक्रिया