२०८३ असोज २६ गते सोमबार

जनार्दन शर्माको प्रश्नः न्यायाधीश भएपछि राजनीतिक पक्षधरता छोडेर कसरी निष्पक्ष न्याय दिन सक्नुहुन्छ ?

जनार्दन शर्माको प्रश्नः न्यायाधीश भएपछि राजनीतिक पक्षधरता छोडेर कसरी निष्पक्ष न्याय दिन सक्नुहुन्छ ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १५ गते आइतबार १०:३६

आईतबारको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उनले प्रश्तावित न्यायाधीश पोखरेललाई निष्पक्ष न्याय दिने आधार के हुन् ? भन्दै प्रश्न गरेका हुन् ।
केही समय अघिसम्म नेपाल बारको अध्यक्ष भइसकेको व्यक्तिले निष्पक्ष न्याय दिने कुरामा प्रश्न उठ्ने उनले बताए ।

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले प्रश्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश भएपछि निष्पक्ष न्याय गर्छु भन्ने आधार के छ ? भन्दै प्रश्न गरेका छन् ।

आईतबारको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उनले प्रश्तावित न्यायाधीश पोखरेललाई निष्पक्ष न्याय दिने आधार के हुन् ? भन्दै प्रश्न गरेका हुन् ।

केही समय अघिसम्म नेपाल बारको अध्यक्ष भइसकेको व्यक्तिले निष्पक्ष न्याय दिने कुरामा प्रश्न उठ्ने उनले बताए ।  उनले बार स्वतन्त्र हुनुपर्ने भएपनि नेपालको बार राजनीतिक पक्षधर रहेको जिकिर गरे ।

बार राजनीतिक धारसँग कुनै न कुनै हिसावले जोडिएको हुने उनले बताए ।

सांसद शर्माले भने, ‘मैले बुझेको बार भनेको राजनीतिक धारासँग जोडिएर प्रतिष्पर्धा हुने गरेको संस्था हो । स्वतन्त्र बार देखिरहेको छैन । हुनुपर्ने त स्वतन्त्र थियो । त्यसभित्र राजनीतिक पक्षधरताको कुरा छ । राजनीतिक पक्षधरताबाट टर्मिनेट भएको कुरा भन्नुभएको छ तर साँच्चि नै निष्पक्ष हुन्छ त ? यो प्रश्न उठ्न सक्छ । कतिपय मुद्दाहरु सुनुवाई नै नगरिदिने भयो । सुनुवाई गर्दा न्याय गर्नेले न्याय पाउँछ, ढिलो गर्दा न्याय हुन्छ त ? यो कर्तव्य हो त ? यि व्यवहार छन् ।’

सांसद शर्माले मुद्दाको सुनुवाई ढिलो गर्दा न्याय हुन्छ ? भन्दै प्रश्न गरे ।

प्रकाशित मिति २०८२ असार १५ गते आइतबार १०:३६
हजुरको प्रतिक्रिया