२०८३ असोज २७ गते मंगलबार

शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुन थाल्योः प्रमुख सचेतक घिमिरे

शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुन थाल्योः प्रमुख सचेतक घिमिरे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १५ गते आइतबार १०:५४

उनले न्यायालयको न्यायप्रणाली असाध्यै ढिलो भएको बताए । एउटा फैसला गर्न २० वर्षसम्म लाग्ने स्थितिले न्याय नपाइने उनले जिकिर गरे ।

काठमाडौं ।

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुन थालेको भन्दै आपत्ति जनाएका छन् ।

संसदीय सुनुवाई समितिको आईतवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले एकले अर्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्न थालेको बताए ।

संसदीय अधिकार क्षेत्रभित्र न्यायालय प्रवेश गर्ने र कार्यपालिकाको अधिकार क्षेत्रभित्र पनि न्यायालय प्रवेश गरेको उनको भनाइ छ ।

उनले न्यायालयको न्यायप्रणाली असाध्यै ढिलो भएको बताए । एउटा फैसला गर्न २० वर्षसम्म लाग्ने स्थितिले न्याय नपाइने उनले जिकिर गरे ।

उनले भने, ‘न्यायालयको न्यायप्रणाली असाध्यै ढिलो भयो । एउटा मुद्दा सर्वोच्चसम्म गएर फैसला हुँदा १५ देखि २० वर्षसम्म लाग्छ । २० वर्ष नै लाग्ने स्थिति हुँदा मान्छेले न्याय कसरी पाउँछ । यसलाई कसरी छिटो छरितो गर्ने । जिल्ला अदालतमा एक प्रकारको समयसीमा तोकिएको छ । तर सबैभन्दा धेरै बेथिति भनेको सर्वोच्चमा छ । सर्वोच्चमा गएर वर्षौंसम्म एउटा मुद्दा गएर अड्किन्छ ? त्यसलाई कसरी हटाउने ? शक्ति पृथकीकरणको सिद्धान्त आजकाल उल्लंघन हुन थालेको छ । एकले अर्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्न थालेको छ । संसदीय अधिकार क्षेत्रभित्र न्यायालय प्रवेश गरेर कार्यपालिकाको अधिकार क्षेत्रभित्र पनि न्यायालय प्रवेश गरेको छ ।’

संसदमा बोलेका कुराहरुको बारेमा कतै मुद्दा गर्न पनि नपाइने र कारबाही पनि नहुने स्थिति रहेको प्रमुख सचेतक घिमिरेको भनाइ थियो ।

प्रकाशित मिति २०८२ असार १५ गते आइतबार १०:५४
हजुरको प्रतिक्रिया