२०८३ असोज २३ गते शुक्रबार

पोखरामा गण्डकी प्रदेश लिग पुरुष फुटबल प्रतियोगिता सुरु

पोखरामा गण्डकी प्रदेश लिग पुरुष फुटबल प्रतियोगिता सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १५ गते आइतबार ०८:०८

पोखरा । पोखरामा गण्डकी प्रदेश लिग पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेश फुटबल संघको आयोजनामा पोखरा रंगशालामा लिग सुरु भएको हो । लिगको पहिलो दिन तीन खेल सम्पन्न भएका छन् । पहिलो खेलमा एलजी एसोसिएसनले हरमतरी क्लबलाई...

पोखरा ।

पोखरामा गण्डकी प्रदेश लिग पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।

गण्डकी प्रदेश फुटबल संघको आयोजनामा पोखरा रंगशालामा लिग सुरु भएको हो । लिगको पहिलो दिन तीन खेल सम्पन्न भएका छन् । पहिलो खेलमा एलजी एसोसिएसनले हरमतरी क्लबलाई ५–२ को फराकिलो गोलअन्तरले हराएको छ ।

एलजीको जितमा मनिष थापा मगरले ह्याट्रिक गरे भने सविन नेपाली र अमर गुरुङले १/१ गोल गरे । हरमतरीका लागि सुदिप गुरुङ र विवश नेपालीले गोल गरे । दोस्रो खेलमा चिल्ड्रेन लाइफ र स्याङ युथ क्लबबिचको खेल ३–३ गोलको बराबरीमा सकिएको छ । स्याङजाका लागि विशाल गुरुङले २ तथा हरि थापाले १ गोल गरे । चिल्ड्रेनका लागि सनम विक, अजय पुनले गोल गर्दा चिल्डे«नका दिनेश शाहीले आत्मघाती गोल गरेका थिए ।

तेस्रो खेलमा हिलेबजारले हरिनाशमाथि ५–१ को जित निकालेको छ । हिलेबजारको जितमा पासाङ तामाङ र लिलजंग गुरुङले समान २/२ तथा नवराज गुरुङले १ गोल गरे । हरिनाशका लागि समिर रानाले १ गोल गरे ।

लिगमा गण्डकीका ७ जिल्लाका ७ क्लबको सहभागिता रहेको लिगको विजेता टिमले २ लाख, उपविजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले समान १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्लेयर अफ दी म्याचले ५ हजार प्राप्त गर्नेछन् ।

लिगको समूह ‘ए’ मा लालिगुराँस एसोसिएसन (कास्की), चिल्ड्रेन लाइफ स्पोट्र्स क्लब (बागलुङ), स्याङजा युथ क्लब (स्याङजा) र हरमतरी क्लब (गोर्खा) छन् ।

समूह ‘बि’ मा श्री चोरमारा युवा क्लब (नवलपुर), हरिनाश क्लब (तनहुँ) र हिलेबजार युवा क्लब (लम्जुङ) रहेका छन् । लिग १९ गतेसम्म सञ्चालन हुनेछ ।
८८८

प्रकाशित मिति २०८२ असार १५ गते आइतबार ०८:०८
हजुरको प्रतिक्रिया