२०८३ साउन २१ गते बिहीबार

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै, ६ एजेण्डा तय

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै, ६ एजेण्डा तय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १६ गते सोमबार ०९:१७

बैठकका लागि ६ एजेण्डा तय गरेको मुख्यसचिव पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार आइतबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले एजेण्डा तय गरेको हो ।

पोखरा ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा शुरु हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकका लागि ६ एजेण्डा तय गरेको मुख्यसचिव पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार आइतबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले एजेण्डा तय गरेको हो ।

बैठकमा भातृ संस्थाको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति लगायत विषयमा छलफल गर्ने एजेण्डा रहेको उनले जानकारी दिए ।

बैठकमा पार्टीको १०० दिने अभियानमा खटिएका प्रतिनिधिको रिपोर्ट पेश हुनेछ ।

त्यस्तै बैठकमा पार्टीबाट प्रदेशमा सरकारमा गएका मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयले गरेका कामको जानकारी पनि दिनेछन् ।

दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक ९ महिनापछि बल्ल आज बस्न लागेको हो ।

प्रकाशित मिति २०८२ असार १६ गते सोमबार ०९:१७
हजुरको प्रतिक्रिया