२०८३ साउन २१ गते बिहीबार

राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आयोः जनार्दन शर्मा

राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आयोः जनार्दन शर्मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १६ गते सोमबार १०:०५

समाज अहिले विचार विहिनताको अवस्था रहेको भन्दै उनले यसले आम नागरिकमा एउटा निराशा उत्पन्न भइरहेको बताए ।
लोकतन्त्र एउटा वर्ग र जातिको मात्रै हुनु नहुने उनको भनाइ थियो ।

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आइरहेको बताएका छन् ।

संसदीय सुनुवाई समितिको सोमवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सोमबार समितिको बैठकमा सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्ति सिंह थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको कार्ययोजना प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश थापाले कार्ययोजना प्रश्तुत गरेसँगै बोल्दै सांसद शर्माले यसलाई सच्याउने योजना के छ ? भन्दै प्रश्न गरे ।

समाज अहिले विचार विहिनताको अवस्था रहेको भन्दै उनले यसले आम नागरिकमा एउटा निराशा उत्पन्न भइरहेको बताए ।

लोकतन्त्र एउटा वर्ग र जातिको मात्रै हुनु नहुने उनको भनाइ थियो ।

सांसद शर्माले भने, ‘लोकतन्त्र एउटा वर्ग र जातिको मात्रै हुनु हुँदैन । लोकतन्त्र सबै वर्ग, जाती र लिङ्गको समावेशितामा हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गरेर त्यसको पक्षमा लडेको र अहिले पनि आवाज उठाइरहेको सन्दर्भमा समावेशी अर्थमा तपाईंको सिफारिस भएको छ । खुशी व्यक्त गर्न चाहन्छु । राजनीतिक, सामाजिक, न्यायिक क्षेत्रमा हेरे पनि एउटा विचलनको अवस्था छ । विचार विहिनताको अवस्था रहेको छ । यसले आम नागरिकमा एउटा निराशा उत्पन्न भइरहेको छ । हाम्रा प्रगतिशिल दिशाहरुबाट पछि हट्ने गरी घटनाहरु भइरहेका देखिन्छन् । एउटा सुसूचित समाज निर्माण गर्ने दायित्व सबैसँग छ ।’

सांसद शर्माले न्यायाधीशले गल्ती गर्न नहुने तर कसैसँग बोल्नै नहुने भन्ने नरहेको बताए ।

प्रकाशित मिति २०८२ असार १६ गते सोमबार १०:०५
हजुरको प्रतिक्रिया