काठमाडौं ।
नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले न्यायमा सर्वसाधारणको पहुँच कम हुँदै गएको बताएका छन् ।
संसदीय सुनुवाई समितिको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले सर्वोच्च अदालतमा धेरै मुद्दाहरु विचाराधिन रहेको बताए ।
उनले ति मुद्दालाई अघि बढाउन सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्ति थापासँग तपाईंका योजना के छन् भन्दै प्रश्न पनि गरे ।
न्यायालयप्रतिको जनताको आस्था, विश्वास र भरोसामा कमी हुँदै आएकोप्रति समेत उनले ध्यानाकर्षण गराए ।
उनले भने, ‘अहिले सर्वोच्चमै धेरै मुद्दाहरु पेण्डिङमा छन् । विचाराधिन छन् । ति मुद्दालाई अघि बढाउन के गर्नुपर्छ ? तपाईंको के सोचाई छ ? सर्वसाधारणको पहुँच न्यायमा कम हुँदै गएको भन्ने चर्चा छ । त्यस्तै न्यायालयप्रति जुन किसिमको आस्था, विश्वास र भरोसा हुनुपर्ने हो त्यसमा कमी आएको हो की भन्ने आशंका छ । तपाईंले यि कुरा निरुपण गर्न के भुमिका रहन्छ ?’
संसदीय सुनुवाई समितिमा आज सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्ति थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको कार्ययोजना प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।
प्रकाशित मिति २०८२ असार १६ गते सोमबार १०:०९




