२०८३ साउन २१ गते बिहीबार

लोकतन्त्रको मूल आत्मा भनेकै शक्ति पृथकीकरणको सिद्धान्त हो : प्रश्तावित न्यायाधीश थापा

लोकतन्त्रको मूल आत्मा भनेकै शक्ति पृथकीकरणको सिद्धान्त हो : प्रश्तावित न्यायाधीश थापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १६ गते सोमबार १०:४४

न्यायपालिका, व्यवस्थापिका, कार्यपालिकालाई संविधानले नै सीमारेखा कोरिदिएको भन्दै उनले राज्यका यि अंगहरुले एकले अर्कालाई हस्तक्षेप गर्न नपाइने बताइन् । तर हस्तक्षेप गर्न नपाइने नाममा स्वेच्छाचारिता भए चेक एण्ड ब्यालेन्सको सिद्धान्त अपनाउनुपर्ने उनको भनाइ छ ।

काठमाडौं ।

सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्ति सिंह थापाले शक्ति पृथकीकरणको सिद्धान्तका नाममा स्वेच्छाचारिता भए चेक एण्ड ब्यालेन्सको सिद्धान्त आवश्यक पर्ने बताएकी छिन् ।

सोमबार संसदीय सुनुवाई समितिको बैठकमा कार्ययोजना प्रश्तुत गर्दै उनले यस्तो बताएकी हुन् । उनले लोकतन्त्रको मूल आत्मा भनेकै शक्ति पृथकीकरणको सिद्धान्त भएको बताइन् ।

न्यायपालिका, व्यवस्थापिका, कार्यपालिकालाई संविधानले नै सीमारेखा कोरिदिएको भन्दै उनले राज्यका यि अंगहरुले एकले अर्कालाई हस्तक्षेप गर्न नपाइने बताइन् । तर हस्तक्षेप गर्न नपाइने नाममा स्वेच्छाचारिता भए चेक एण्ड ब्यालेन्सको सिद्धान्त अपनाउनुपर्ने उनको भनाइ छ ।

राज्यका यि तीन वटै अंगहरुको संविधान, ऐन, कानूनले सीमा कोरिदिएको बताउँदै आफ्नो दायराभित्र रहेर सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उनले उल्लेख गरिन् ।

ढिलो न्याय दिनु पनि न्याय नदिनु सरह भएको उनको भनाइ छ । आफ्नो सबैभन्दा बढी जोड मुद्दा फस्र्यौट नै हुने दाबी उनले गरिन् ।

उनले भनिन्, ‘ढिलो न्याय दिनु भनेको न्याय नदिनु पनि हो । कार्ययोजना लागू गरेका छौँ । कार्ययोजना बनाउने मात्रै हो, त्यसको लागू हुँदैन । के हो यो भन्ने प्रश्न छ । त्यसमा हामीले ०६१ सालबाट त्यसै कार्ययोजना बनाएको होइन । फरक मुद्दा व्यवस्थापन पद्धति हामीले लागू गरेका छौँ । त्यो सर्वोच्चमा छैन । जिल्ला र उच्चमा लागू गरेका छौँ । त्यसले ठूलो उपलब्धि हाँसिल गरेको छ । न्यायाधीशमा नियुक्ति भएर गएँ भने मेरो प्रथम दायित्व मुद्दा फस्र्यौट नै हुन्छ । यसलाई कसरी शिघ्रता ल्याउने भन्नेमा नै हुन्छ । धेरै कानून व्यवसायी राखेर दिनभरी लम्बेतान बहस सुन्ने होइन, लेट लयर्सको कन्सेप्ट ल्याउनुपर्छ । ढिलो न्याय हुनु नै हुँदैन । यसमा म चिन्तित छु । मुद्दा दर्ताको रेस्यु भन्दा फस्र्यौटको रेस्यु बढी छ । यो सकारात्मक छ । शक्ति पृथकीकरणको सिद्धान्त छ । लोतन्त्रको मूल आत्मा भनेकै शक्ति पृथकीकरणको सिद्धान्त हो । न्यायपालिका, व्यवस्थापिका, कार्यपालिका यि देशका महत्वपूर्ण अंगलाई संविधानले नै सीमारेखा कोरिदिएको छ । एकले अर्कालाई हस्तक्षेप गर्न पाइँदैन । तर कहिले कहीँ एक अर्कालाई हस्तक्षेप गर्न पाइँदैन भन्ने नाममा स्वेच्छाचारिता हुन गयो भने त चेक एण्ड ब्यालेन्सको सिद्धान्त पनि सँगै छ । संविधान भन्दा माथि कोही हुँदैन । संविधान, ऐन, कानूनले सीमा कोरिदिएको छ । आफ्नो दायराभित्र रहेर सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ । ’

प्रश्तावित न्यायाधीश थापाले गरिबीको कारणबाट कोही पनि न्यायबाट वञ्चित हुन नपर्ने बताइन् । अदालत विकास विरोधी नहुने र हुन नसक्ने जिकिर उनको छ ।

प्रकाशित मिति २०८२ असार १६ गते सोमबार १०:४४
हजुरको प्रतिक्रिया