२०८३ असोज २४ गते शनिबार

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेलमा प्रतिलिटर ४ रुपैयाँ बढ्यो

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेलमा प्रतिलिटर ४ रुपैयाँ बढ्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १७ गते मंगलबार ०९:१४

भाउ बढेसंगै अब पोखरा, काठमाण्डौ र दिपायल क्षेत्रमा पेट्रोलको भाउ एक सय ६५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ एक सय ४९ रुपैयाँ पुगेको छ ।

पोखरा ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ ।

इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ भाउ बढेको निगमले जनाएको छ ।

एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

भाउ बढेसंगै अब पोखरा, काठमाण्डौ र दिपायल क्षेत्रमा पेट्रोलको भाउ एक सय ६५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ एक सय ४९ रुपैयाँ पुगेको छ ।

यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ एक सय ६४ रुपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ एक सय ४८ रुपैयाँ पुगेको छ ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा भने पेट्रोलको भाउ एक सय ६२ रुपैयाँ ५० पैसा तथा मट्टीतेल र डिजेलको भाउ एक सय ४६ रुपैयाँ ५० पैसा पुगेको छ ।

यसैगरी हवाइ इन्धनको भाउ पनि आन्तरिकतर्फ प्रतिलिटर सात रूपैयाँले तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ५१ डलरले बढेको छ ।

प्रकाशित मिति २०८२ असार १७ गते मंगलबार ०९:१४
हजुरको प्रतिक्रिया