२०८३ साउन २१ गते बिहीबार

एमालेले भन्याे – माधव नेपाललाई हँसिया हथौडापनि नदिनु

एमालेले भन्याे – माधव नेपाललाई हँसिया हथौडापनि नदिनु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ ४ गते शुक्रबार ०३:४१

काठमाडाैं ।  नेकपा एमालेले माधव नेपाल समूहलाई आफ्नो पार्टीको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत प्रयोग गर्न नदिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । एमालेकातर्फबाट निवेदन लिएर अधिवक्ता बाबुराम दाहाल शुक्रबार...

तर एमाले, माओवादी, नेमकिपा, जनमोर्चा, माले, विप्लव समूह सवैले प्रयाेग गर्छन हसिँया हथाैडा

काठमाडाैं ।  नेकपा एमालेले माधव नेपाल समूहलाई आफ्नो पार्टीको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत प्रयोग गर्न नदिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ ।

एमालेकातर्फबाट निवेदन लिएर अधिवक्ता बाबुराम दाहाल शुक्रबार निर्वाचन आयोगको कार्यालयमा पुगेका थिए । दाहालले कार्यालयमा दर्ता गरेको पत्रमा एमालेको नामसँग मिल्ने गरी माधव नेपाल समूहलाई पार्टीको नाम दर्ता नगर्न माग गरिएको छ । निवेदन दर्ता गरिसकेपछि दाहालले  भने, ‘राजनीति दलसम्बन्धी ऐनको दफा ९ अनुसार एमालेले प्रयोग गर्दै आएको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत नेपाल समूहलाई प्रयोग गर्न दिन मिल्दैन ।’

एमालेले बुझाएको पत्रमा १४ जना सांसदलाई पार्टीले कारबाही गरिसकेको हुनाले उनीहरुलाई २० प्रतिशतमा गणना गर्न नमिल्ने जिकिर गरिएको छ ।

कारबाहीमा परेका १४ सांसदमध्ये ९ जना केन्द्रीय सदस्य रहेकाले उनीहरुलाई २०३ सदस्यीय केन्द्रीय सदस्यको प्रतिशतमा गणना गर्न नमिल्ने दाहालले बताए ।

यसैबीच माधव नेपाल समूहले शुक्रबार पार्टीको नाम परिवर्तन गर्ने निर्णय गर्दै आयोगमा गएर नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएको छ । एमालेले माधव नेपाललाई हँसिया हथौडा प्रयोग गर्न नदिने भनेपनि एमाले, माओवादी, नेमकिपा, जनमोर्चा, माले, विप्लव समूहलगायतका सबै कम्युनिस्ट पार्टीले हँसिया हथौडा अंकित झण्डा नै प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति २०७८ भदौ ४ गते शुक्रबार ०३:४१
हजुरको प्रतिक्रिया