२०८३ असोज २४ गते शनिबार

अर्थमन्त्री र मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलको टोलीबीच भेटवार्ता

अर्थमन्त्री र मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलको टोलीबीच भेटवार्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २० गते शुक्रबार १२:५०

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलको टोलीबीच भेटवार्ता भएको छ । . शुक्रवार अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा लगानी सिर्जना...

काठमाडौं ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलको टोलीबीच भेटवार्ता भएको छ ।
.
शुक्रवार अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा लगानी सिर्जना गरी रोजगारी सिर्जना गर्नेबारे छलफल भएको हो ।

भेटमा सहभागीहरुले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वाधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका छन् । प्रतिनिधि मण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राह लगायत सहभागी थिए ।

भेटपछि कुराकानी गर्दै मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजाले नेपालमा बेरोगारी दर उच्च रहेको बताउँदै सम्भावना धेरै भएकाले लगानी विस्तार गरेर रोजगारी सिर्जना गर्न सकिने बताए । सो क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले बताएको छ । सचिवालयकाअनुसार लगानीकर्तालाई नेपालको पूर्वधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गरे ।

‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । नीतिहरु लगानीमैत्री छन् । लगानीका क्षेत्रहरु पहिचान राम्रो तयारी गरी अघि बढनुहोस् । सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ,’ अर्थमन्त्री पौडेलको भनाई उद्धृत गर्दै सचिवालयले भन्यो ।

उनले भने– ‘मलेसिया र नेपालबीचको सम्बन्ध राम्रो रहेको छ । हामीले अर्थमन्त्रीलाई भेटेर सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वाधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न खोजेको जानकारी गरायौं । बहुपक्षीय लगानीका बारेमा छलफल भयो । अर्थमन्त्रीले नेपालमा लगानी गर्नका लागि आह्वान गर्नुभयो । म नेपाल र मलेसियाबीच व्यापार तथा लगानीका थुप्रै सम्भावनाबारे अवगत छु । पूर्वाधार विकास, सूचना प्रविधि र पर्यटनलगायत क्षेत्रमा क्षेत्रमा नेपालसँग सहकार्य हुनसक्छ ।’

मलेसिया–नेपाल व्यापार परिषद् (एमएनबीसी) को टोलीले बिहीवार नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वकर्ताहरुसँग समेत छलफल गरेको थियो । सो क्रममा–मलेसिया व्यापारिक सम्बन्ध विस्तार तथा लगानी र आसपी सहकार्यका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति २०८२ असार २० गते शुक्रबार १२:५०
हजुरको प्रतिक्रिया