२०८३ साउन २१ गते बिहीबार

गीतसंगीत नागरिकको मन, मुटु छुने क्षेत्र होः सामुख घिमिरे

गीतसंगीत नागरिकको मन, मुटु छुने क्षेत्र होः सामुख घिमिरे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २३ गते सोमबार ०९:००

छिन्नलता गीत पुरस्कारबाट यस वर्ष गीत रचनाबाट राजेन्द्र रिजाल, संगीतबाट सिर्जना अच्युतप्रसाद फुयाल, संयुक्त गायनबाट रामभक्त जोजिजू र इतु जोजिजू, युवा प्रतिभा पुरस्कारबाट एसडि योगीलाई सम्मान गरिएको छ ।

पोखरा ।

सभामुख देवराज घिमिरेले गीतसंगीत नागरिकको मन, मुटु छुने क्षेत्र भएको बताएका छन् ।

आईतबार छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले बोलेका कुराहरु त्यति प्रभावकारी नहुने तर त्यसैलाई गीत, संगीतको माध्यमबाट प्रश्तुत गर्दा प्रभावकारी बन्ने बताए ।

गीत संगीत स्मरणमा रही रहने क्षेत्र भएको भन्दै उनले हरेक कुरालाई जनसमुदायमा प्रभावकारी ढंगबाट लैजाने माध्यम नै गीत, संगीत भएको टिप्पणी गरे ।

सभामुख घिमिरेले भने, ‘हामीले बोलेका र गरेका कुराहरु प्रभावकारी हुँदैनन् । तर तिनै कुराहरुलाई संगीतको माध्यमबाट, गीतको माध्यमबाट लैजाँदा स्मरणमा रही रहन्छन् र प्रभावकारी ढंगबाट मन मष्तिष्कलाई छुन सक्छ । मुटुलाई र दिमागलाई छुन सक्छ । जनसमुदायमा प्रभावकारी ढंगबाट लैजाने विधाहरुमध्ये सबैभन्दा ठूलो संगीत र गीतको विधा हो । त्यसपछि कविता लगायत अन्य कुराहरु हो ।’

सभामुख घिमिरेले वरिष्ठ गीतकार श्रीमती रमोलादेवी शाह ‘छिन्नलता’ को १०३ औं जन्मजयन्तीको अवसरमा ४३ औं छिन्नलता गीत पुरस्कार समर्पण समेत गरे ।

छिन्नलता गीत पुरस्कारबाट यस वर्ष गीत रचना राजेन्द्र रिजाल, संगीत सिर्जना अच्युतप्रसाद फुयाल, संयुक्त गायनबाट रामभक्त जोजिजू र इतु जोजिजू, युवा प्रतिभा पुरस्कारबाट एसडि योगीलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति २०८२ असार २३ गते सोमबार ०९:००
हजुरको प्रतिक्रिया