२०८३ साउन २१ गते बिहीबार

यु-१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

यु-१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २३ गते सोमबार १०:०१

शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो ।
स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यु–१६ का कप्तान विपिनप्रसाद शर्माले कुनैपनि खेल नहारिकन उपाधि जित्न पाउँदा खुशी लागेको बताए ।

कुनै खेल नहारिकन उपाधि जित्दा धेरै खुशी छौँः विपिन शर्मा

पोखरा ।

एसिसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।

आईतबार राति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो ।

शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो ।

स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यु–१६ का कप्तान विपिनप्रसाद शर्माले कुनैपनि खेल नहारिकन उपाधि जित्न पाउँदा खुशी लागेको बताए ।

उनले यसअघि नै धेरै खेल खेलिसकेको र त्यसले अनुभव बटुल्न मद्दत गरेको बताए । परिणामतः खेल जित्न सम्भव भएको उनको भनाइ छ ।

यु–१६ का प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले नेपाली टिम राम्रो रहेको र धेरै टिमको जानकारी रहँदा आफूहरुलाई सहज भएको बताए ।

प्रत्येक खेललाई महत्वपूर्ण मानेर खेलेको उनको भनाइ छ ।

उनका अनुसार नेपालले अझै पनि ब्याटिङ सुधार गर्नुपर्ने जरुरी छ । फाइनलमा राम्रो खेल्नुपर्ने हुँदाहुँदै चुक्न पुगेको पनि उनले बताए ।

प्रकाशित मिति २०८२ असार २३ गते सोमबार १०:०१
हजुरको प्रतिक्रिया