पाेखरा । शुक्रबार गण्डकीका ३०३ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गण्डकीका १०३८ जनामा गरिएको नमुना परीक्षणमा थप ३०३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ११० जना, तनहुँका ३५ जना, गोरखाका ४८ जना, लमजुङका चार जना र नवलपुरका ३७ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका ३६ जना, पर्वतका सात जना, बागलुङका १९ जना र म्याग्दी जिल्लाका सात जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
याेसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७८ हजार १५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ५७७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७१ हजार ३२० पुगेको छ। शुक्रबार गण्डकीमा थप पाँच जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका दुई जना, पर्वतका एक जना र कास्की पोखरा महानगरका दुई जना छन्।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२२६ पुगेको निर्देशनालयले जनाएको छ।
प्रकाशित मिति २०७८ भदौ ४ गते शुक्रबार ०७:१०




