२०८३ असोज २३ गते शुक्रबार

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २४ गते मंगलबार ०९:१५

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । खेल सेप्टेम्बर ६ र ९ (भदौ २१ र २४) सम्म हुनेछ ।
यी खेल फिफा अन्तर्राष्ट्रिय विन्डोअन्तर्गत हुने एन्फाले बताएको छ । यो खेल एएफसी एसियन कप छनोट तयारीस्वरुप रहेको छ ।

पोखरा ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आगामी भदौमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालले बंगलादेशको राष्ट्रिय फुटबल टोलीसँग २ मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । खेल सेप्टेम्बर ६ र ९ (भदौ २१ र २४) सम्म हुनेछ ।

यी खेल फिफा अन्तर्राष्ट्रिय विन्डोअन्तर्गत हुने एन्फाले बताएको छ । यो खेल एएफसी एसियन कप छनोट तयारीस्वरुप रहेको छ ।

एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा मलेसिया, लाओस र भियतनामसँग छ ।

अहिले नेपाली फुटबल टिमले एएफसी एसियन कपको छनोट खेलिरहेको छ । नेपाल छनोटका यसअघिका दुवै खेलमा पराजित भइसकेको छ ।

दुवैमा हार बेहोरेर अंक तालिकामा नेपाल पुछारमा छ ।

नेपालले अब एसियन कप २०२७ अन्तर्गत तेस्रो चरणको छनोटमा अक्टोबर ९ अथार्त् असोज २३ मा समूह चरणको तेस्रो खेल भियतनामसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

समूह चरणका दुई खेल खेलेको नेपालले मलेसिया र लाओससँग हार बेहोरेको छ ।

प्रकाशित मिति २०८२ असार २४ गते मंगलबार ०९:१५
हजुरको प्रतिक्रिया