२०८३ असोज २५ गते आइतबार

पोखरा–२६ मा अति विपन्न सुत्केरी महिलालाई सुत्केरी पोषण खर्च

पोखरा–२६ मा अति विपन्न सुत्केरी महिलालाई सुत्केरी पोषण खर्च

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २५ गते बुधबार ०६:५८

पोखरा पोखरा महानगरपालिका वडा नम्बर २६ ले वडाभित्रका १० अतिविपन्न सुत्केरी महिलाहरुका लागि सुत्केरी पोषण खर्च प्रदान गरेको छ । वडा समितिको निर्णयअनुसार चालु आर्थिक वर्षमा १० अतिविपन्न सुत्केरीका लागि जनही ५ हजार बराबरको खाद्यान्न...

पोखरा
पोखरा महानगरपालिका वडा नम्बर २६ ले वडाभित्रका १० अतिविपन्न सुत्केरी महिलाहरुका लागि सुत्केरी पोषण खर्च प्रदान गरेको छ ।

वडा समितिको निर्णयअनुसार चालु आर्थिक वर्षमा १० अतिविपन्न सुत्केरीका लागि जनही ५ हजार बराबरको खाद्यान्न पोषण प्रदान गरिएको कार्यवाहक वडाध्यक्ष लक्ष्मीदेवी भट्टराईले जानकारी दिइन् ।

खाद्यान्न पोषणमा चामल, घ्यु, तेल, दालसहितका सामग्री समावेश छन् । वडाले प्रदान गरेको पोषण खर्चले सुत्केरी स्याहार्न र पोषिलो खाना खुवाउन सजिलो भएको सेवाग्राही बताउँछन् ।

उक्त खाद्यान्न पोषण केहीलाई घरै पुगेर प्रदान गरिएको त केही वडा कार्यालयबाट प्रदान गरिएको कार्यवाहक वडाध्यक्ष भट्टराईले बताइन् ।

प्रकाशित मिति २०८२ असार २५ गते बुधबार ०६:५८
हजुरको प्रतिक्रिया