२०८३ असोज २३ गते शुक्रबार

टी–२० विश्वकप छनोटः नेपालले कुवेत र जापानसँग खेल्ने

टी–२० विश्वकप छनोटः नेपालले कुवेत र जापानसँग खेल्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २६ गते बिहीबार ०१:५०

काठमाण्डौ । आईसीसी टी–२० विश्वकप एशिया र पूर्वी एशिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोटमा नेपाल समूह ‘२’ मा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरेको...

काठमाण्डौ ।

आईसीसी टी–२० विश्वकप एशिया र पूर्वी एशिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोटमा नेपाल समूह ‘२’ मा परेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरेको हो । समूह ‘२’ मा नेपालसहित, कुवेत र जापान छन् । समूह ‘१’ मा संयुक्त अरब इमिरेट्स, मलेशिया र कतार रहेका छन् । समूह ‘३’ आयोजक ओमान, पपुवा न्यु गिनी (पीएनजी) र सामोआ रहेका छन् ।

हरेक समूहका शीर्ष २ टोली ‘सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ का शीर्ष ३ टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

यो छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म चल्नेछ। कुल ९ टोली सहभागी प्रतियोगिता १० दिनसम्म सञ्चालन हुनेछ।

यस प्रतियोगितामा रहेका नेपालसहित ओमान, युएई र पपुवा न्यूगिनीले यसअघि पनि टी–२० विश्वकप खेलिसकेका छन्।

प्रकाशित मिति २०८२ असार २६ गते बिहीबार ०१:५०
हजुरको प्रतिक्रिया