२०८३ असोज २३ गते शुक्रबार

अप्ठ्याराेमा माधव नेपाल : एमालेकाे तेस्रो धार र ओलीविच सहमति

अप्ठ्याराेमा माधव नेपाल : एमालेकाे तेस्रो धार र ओलीविच सहमति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ ७ गते सोमबार ०५:५६

पाेखरा । एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी समिति बैठकमा तेस्रो धारका नेताहरू सहभागी हुने भएपछी छुट्टै पार्टी गठन गर्न लागेका माधव कुमार नेपाल अप्ठ्याराेमा परेका छन् । नेता माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी...

१० बुँदे प्रस्ताव कार्यान्वयन गर्न अध्यक्ष ओली तयार

पाेखरा । एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी समिति बैठकमा तेस्रो धारका नेताहरू सहभागी हुने भएपछी छुट्टै पार्टी गठन गर्न लागेका माधव कुमार नेपाल अप्ठ्याराेमा परेका छन् । नेता माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने अन्तिम तयारी गरिरहेका बेला अध्यक्ष ओली र तेस्रो धारका नेताहरुबीच सोमबारको छलफलपछि उनीहरू ओलीले बोलाएको बैठकमा सहभागी हुन तयार भएका हुन् ।

अध्यक्ष ओली निवास बालकोटमा भएको झन्डै तीन घण्टाको छलफलमा अध्यक्ष ओली २०७५ जेठ २ को एमालेको संरचनाअनुसार अघि बढ्न र १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न तयार भएपछि यसअघि नेपाल समूहमा रहेका तर नयाँ पार्टी दर्ताको प्रक्रियामा नेपाललाई साथ नदिएका नेताहरू ओलीले बोलाएको बैठकमा बस्न तयार भएका हुन् ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विवादबारे गरेको फैसलापछि एमाले २०७५ जेठ २ को अवस्थामा पुगे पनि त्यसयता ओलीले बोलाएका कुनै पनि बैठकमा अहिले तेस्रो धारमा विभाजित भएका नेताहरू सहभागी भएका थिएनन् । सोमबार ओलीसँगको छलफलपछि मंगलबार ११ बजे एमाले स्थायी समिति बैठक बोलाइएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीकाे सरकारका विरूद्द भएका सवै गतिविधिमा माधव कुमार नेपाललाइ साथ दिएका दाेस्राे तहका नेताहरूमध्ये प्रभावशाली नेताहरू सवै नयाँ पार्टी गठन प्रकृयामा संलग्न नभइ पार्टी एकता अभियान भन्दै तेस्राे धारकाे निर्माणतर्फ लागेका थिए । जसका कारण नयाँ पार्टी गठनकाे पहिलाे गासमै माधव कुमार नेपाललाइ ढुङ्गा लागेकाे थियाे ।

प्रकाशित मिति २०७८ भदौ ७ गते सोमबार ०५:५६
हजुरको प्रतिक्रिया