२०८३ असोज २३ गते शुक्रबार

साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज पहिलो खेल भुटानसँग खेल्दै

साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज पहिलो खेल भुटानसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २७ गते शुक्रबार ०९:१५

नेपाली यु–२० महिला टोली उमेर समूहमा उपाधिको जित्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ । नेपालले आज पहिलो खेल साँझ पौने ७ बजे भुटानसँग खेल्दैछ ।
त्यसअघि आजै दिउँसो ३ बजे बजे बंगलादेश र श्रीलंका आमने सामने हुँदैछन् ।

पोखरा ।

साफ यु–२० महिला च्याम्पियनसिप आजदेखि बंगलादेशमा सुरु हुँदैछ ।

नेपाली यु–२० महिला टोली उमेर समूहमा उपाधिको जित्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ । नेपालले आज पहिलो खेल साँझ पौने ७ बजे भुटानसँग खेल्दैछ ।

त्यसअघि आजै दिउँसो ३ बजे बजे बंगलादेश र श्रीलंका आमने सामने हुँदैछन् ।

बंगलादेशको ढाकामा आज जुलाई ११ देखि २१ सम्म हुने च्याम्पियनसिपमा यस पटक चार राष्ट्र सहभागी छन् । जसमा गत विजेता बंगलादेशसहित नेपाल, भुटान र श्रीलंका छन् ।

यामप्रसाद गुरुङको प्रशिक्षकत्वमा नेपाली टोलीले बंगलादेशमा च्याम्पियन बन्ने लक्ष्यसहित तयारी गरेको छ ।

नेपालले च्याम्पियन बन्ने लक्ष्यका साथ तयारी गरेको मुख्य प्रशिक्षक गुरुङले बताएका छन् ।

टोलीले एकलभन्दा समूहगत प्रयासलाई ध्यान दिएर प्रशिक्षण गरिरहेको गुरुङको भनाइ छ । यस पटक डबल राउन्ड रोबिनका आधारमा च्याम्पियनसिपका खेलहरू खेलाइने छ ।

हरेक टोलीले अर्को टोलीसँग दुई दुई खेल खेल्ने छन् र अन्तिममा धेरै अंक जोड्ने टोली च्याम्पियन हुनेछ ।

च्याम्पियनसिपमा नेपालले जुलाई १३ मा बंगलादेशसँग, जुलाई १५ मा श्रीलंकासँग, जुलाई १७ मा श्रीलंकासँग खेल्ने तालिका छ ।

यसैगरी नेपालले १९ जुलाईमा भुटान र जुलाई २१ मा बंगलादेशसँग खेल्ने तालिका छ ।

यस प्रतियोगितालाई अगस्ट २ देखि १० सम्म भुटानमा हुने एएफसी यु–२० महिला एसियन कप छनोटको तयारीका रूपमा समेत हेरिएको छ ।

एसियन कप छनोटमा नेपाल बलियो टोली उत्तर कोरियासहित समूह ‘ए’ मा छ । यस समूहमा आयोजक भुटान, मंगोलिया र साउदी अरब पनि छन् ।

नेपाली महिला यु–२० मा बिर्सना चौधरीलाई कप्तान नियुक्त गरिएको छ ।

अन्य खेलाडीमा लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू पन्दाक, सिम्रन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, सुव्रिmया मियाँ, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर रहेका छन् ।

प्रकाशित मिति २०८२ असार २७ गते शुक्रबार ०९:१५
हजुरको प्रतिक्रिया